अखिल (क्रान्तिकारी) केन्द्रीय कार्यालयले आयोजनामा गरेको केन्द्रीय प्रशिक्षण क्रार्यक्रम ललितपुरको कुपोन्डोलमा सम्पन्न

काठमाडौं,असोज ८। नेकपा (क्रान्तिकारी माओवादी ) निकट अखिल(क्रान्तिकारी) केन्द्रीय समितिले असोज ८ गते  ललितपुरकाे कुपाेन्डाेलमा प्रशिक्षण क्रार्यक्रम सान्दार रूपमा सम्पन्न गरेको छ।

 

प्रशिक्षण क्रार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देजाेमाेका केन्द्रिय अध्यक्ष  सी.पी गजुरेलको विशेष उपस्थिति रहेको थियो।

उहाँले वस्तु गत स्थिति क्रान्तिकारीहरुका लागि तयार रहेको अब आत्मागत स्थिति बलियो बनाएर क्रान्तिकारी शक्तिले भ्रष्ट सरकारको विकल्प खाेज्दै अब व्यक्ति बदलेर होईन व्यवस्था बदलेर मात्र सबै कुराकाे परिर्वतन हुन सक्दछन् भन्ने कुरा स्पष्ट पार्नु भयाे।

 

देशमा अहिले नक्कली कम्युनिष्टहरूकाे दुई तिहाईको शक्तिशाली सरकार छ,तर जनता भाेक, राेकले मर्ने अवस्थामा छन्।देशका युवाहरू यस्ताे संकटकाे अवस्थामा पनि सरकारले रोजगारीकाे समास्या समाधान गर्न नसक्दा अहिले युवा विदेशिन वाध्य भएका छन्।

 

अहिलेकाे नालायक नक्कली कम्युनिष्टहरूकाे सरकार भ्रष्टाचार,तस्कर,माफिया,लुटतत्र ,कालाबजारीहरू उत्पादन गर्ने खेलमा लागेकाे प्रशिक्षणमाकाे क्रममा नेता गजुरेलले बताउनु भयो।

 

यी सवै राजनैतिक,सामाजिक व्यवस्थाकाे परिर्वतन गर्न एक मात्र विकल्प संघिय जनगणतन्त्र भएकाे उहाँले स्पष्ट पार्नु भयाे।

यस्तै अखिल(क्रान्तिकारी) का अध्यक्षले अहिलेकाे वर्तमान अवस्थामा कोभिडकाे कारण देखाई देश व्यापी रुपमा शैक्षिक संस्था बन्द गरिनुले विद्यार्थी मारमा परेकाे अध्यक्ष गजुरेलले बताउनु भयाे ।  

 

 विना विकल्प विद्यार्थीहरुकाे भविष्य अन्धकारमा डो-र्याउने काममा सरकार तल्लिन रहेकाे अझै यस्ताे अवस्था रहिरहे  अखिल क्रान्तिकारी चुप नलागेर नबस्ने अध्यक्ष गजुरेलले चेतावनी दिनु भयाे।

 

त्यस्तै विधार्थीलाई अनलाई कक्षाकाे नाममा पैसा असुल्ने काम तत्काल बन्द गरिनु पर्ने र तत्काल पैसा असुल्ने काम बन्द नगरिए अखिल क्रान्तिकारीले शैक्षिक माफियाहरूलाइ कारबाही गर्ने अध्यक्ष गजुरेलले चेतावनी दिनु भयाे।  

 

प्रशिक्षणमा संगठनका उपाध्यक्ष शीलु न्यौपाने,महासचिव पेशल दाहाल, सचिव सूर्य कार्कीको समेत उपस्थिति रहेको थियो।