आजको मौसम पूर्वानुमान: यी प्रदेशमा वर्षाको संभावना सतर्कता अपनाउन अनुरोध

काठमाडौं,असोज १०। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल भारतको बिहारमा न्युन चापीय क्षेत्र रहेको जनाएकाे छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर-पुर्व सर्दै छ।

 

 आज कर्णाली प्रदेश, सुदुरपश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश न १ बाग्गमति प्रदेश र गण्डकी प्रदेशका थेरै स्थानमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्लका बर्षा भइरहेको महाशाखाले जनाएकाे  छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज १० गते (शनिबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरूमा तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा मेग गर्जन र चट्याङ्ग सहित हल्का देखि वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ को एकर दुइ स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

 

राती : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरूमा तथा प्रदेश न ५ , कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा मेग गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका का एकर दुइ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

असोज ११ गते (आइतबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश, मा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा मेग गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

राती :प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज १२ गते (सोमबार)

दिउँसो: प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू हल्लका वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

 

राती:प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू हल्लका वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  

प्रदेश नं १,प्रदेश नं २ र गण्डकी प्रदेशको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।