कोरोना संक्रमणबाट नेपाली सेनाका एक जवानको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं,असोज १० । कोरोना भाइरसको संक्रमणबाट नेपाली सेनाका थप एक जवानको मृत्यु भएको छ ।बझाङ घर भई हाल काठमाडौं उपत्कामा कार्यरत उनको शुक्रबार वीरेन्द्र अस्पताल, छाउनीमा मृत्यु भएको छ।

 

असोज ६ गते छारे रोगको लक्षण देखिएपछि आईसीयूमा भर्ना गरिएका उनलाई कोरोना संक्रमण भएको ८ गते पुष्टि भएको थियो ।

याे सँगै कोरोना संक्रमणबाट मृत्यु हुने सैनिकको संख्या २ पुगेको छ । जङ्ग्गी अड्डाका अनुसार सेनामा हालसम्म २ हजार १९७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ५३९ जना संक्रमणमुक्त भएर काममा फर्किएकाे जङ्ग्गी अड्डाले जनाएकाे छ।