कंगोमा क्याप्टेनले सैनिक जवान कुटेको घटनामा जङ्गी अड्डाले थाल्यो छानविन
काठमाडौं,असोज १० । शान्ति स्थापनार्थ कंगोमा खटिएका सैनिक जवानमाथि अधिकृतहरुबाट भएको कुटपिटबारे नेपाली सेनाले छानविन थालेको छ ।
सैनिक आचार संहिता र मर्यादा विपरित भएको यो घटनामा संलग्न सबै जवान तथा अधिकृतहरुमाति कोर्ट अफ इन्वायरी सुरु भएको जङ्गी अड्डाले जनाएको छ ।
तीनजना क्याप्टेनले जवान नवराज माझीलाई मरणासन्न हुनेगरी कुटेका थिए । कुटपिटमा क्याप्टेनहरु इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धिताल संलग्न रहेको आरोप छ ।