स्वास्थ्यलाई गम्भीर हानि गर्ने ९ स्यानिटाइजर,प्रयोग नगर्न विभागको आग्रह (सूचीसहित)

काठमाडौं,असोज १२। औषधि व्यवस्था विभागले सेनिटाइजर विषाक्त रसायन मिसाएको पाइएपछि थप ९ वटा कम्पनीका ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ।

 

ती सेनिटाइजरको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा मानव स्वास्थ्यलाई गम्भीर असर पुर्‍याउने विषाक्त रसायन मिसाइएको पाइए पछि औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाएकाे जनाएको छ।

 

 आज ती ९ सेनिटाइजरको नामको सूचीसहित विभागले सूचना प्रकाशन गरी तिनको प्रयोग र बिक्रीरवितरण नगर्न र नगराउन सबैलाइ निर्देशन दिएको छ।

 

जसमा हर्बल एण्ड रब, कुम ह्यान्ड स्यानिटाइजर, क्लिन ह्याण्ड स्यानिटाइजर र कुमकुम इन्स्टान्टका स्यानिटाइजर छन्। यस्तै इन्स्टान्ट ह्याण्ड स्यानिटाइजर जेल, इन्स्टान्ट ह्याण्ड स्यानिटाइजर ओर्जिनल, साधना इन्स्टान्ट, ड्रोनी एलो कलर र ड्रोनी कलरलेस स्यानिटाइजर प्रयोग नर्गन विभागले सुचनासहित अनुरोध गरेको छ।

विभागले प्रयोग गर्न नहुने ९ सेनिटाइजरको सूचीसहित