आज मंगलबारको मौसम पूर्वानुमान
काठमाडौं,असोज १३। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुलेटिन जारी गरेकाे छ, भारतको पुर्वी बिहार आसपास रहेको न्युन चापीय प्रणालि कमजोर हुने क्रममा रहेको जनाएकाे छ।
आज देशभरका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहेको महाशाखाले बुलेटिन जारी गरेर जानकारी दिएकाे छ।
दिउँसो : प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको जनाएकाे छ ।
राती : प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।
असोज १४ गते (बुधबार)
दिउँसो : प्रदेश नं १, प्रदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली भइ एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।
असोज १५ गते (बिहिबार)
दिउँसो : प्रदेश नं १, प्रदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
राती: प्रदेश नं १, प्रदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ ।