नेपालगञ्ज मेडिकल कलेजमा थप २ जना कोरोना संक्रमितको मृत्यु

सांकेतिक तस्विर

काठमाडाैं,असोज १३। नेपालगन्ज मेडिकल कलेजमा उपचार गराइ रहेका दुईजना कोरोना संक्रमितको गएराति मृत्यु भएको छ ।

 

नेपालगन्जकाे कोहलपुर नगरपालिका वडा नंं. १० का ५३ वर्षीय पुरुष र नेपालगन्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको मेडिकल कलेजले जनाएकाे छ। नेपालगन्जका मृतक नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी भएकाे पनि जनाइएकाे छ ।

 

स्वास्थ्य कार्यालय बाँकेकाले एकजना संक्रमितको उपचारका क्रममा गएराति र एक जनाको बिहान ४ बजे मृत्यु भएको पुष्टि गरेकाे छ ।

 

दुवैजनालाई प्लाज्मा थेरापी र रेम्डिसिभिरबाट उपचार भइरहेको थियो ,दुवैजना भेन्टिलेटरमा उपचार गराइ रहेका थिए ।  नेपालगन्जका मृतकको घर दाङको घोराही रहेकाे स्वास्थ्य कार्यलयले जनाएकाे हो ।