तेस्रो जनआन्दोलनको सुनामी सृष्टि आवश्यक !

” क्रान्तिकारी कालमा परिस्थितिमा निकै तीव्र रुपले बदलिन्छ , यदि बदलिएको परिस्थितिनुसार क्रान्तिकारीहरुको ज्ञान पनि तीव्र रुपले बदलिएन भने उनीहरूले क्रान्तिलाई विजयसम्म पुर्याउन सक्ने छैनन् ।
   
      –  माओ त्सेतुङ
 
       
 
 
 
 
माथि विश्व सर्वहारा वर्गका महान् नेता तथा चिनीया कम्युनिस्ट पार्टीका शिक्षाध्यक्ष कमरेड माओ त्सेतुङले भन्नुभएको कुरा अहिले नेपालको वर्तमान क्रान्तिकारी कालमा अति सान्दर्भिक बन्न पुगेको छ । किनकि यतिबेला नेपालको वर्तमान राजनीतिक परिस्थिति क्रान्तिकारीहरुका निम्ति अनुकूलतामा बदलिएको छ ।
 
     
किनभने यतिबेला सत्ताधारी नेकपाको दुई तिहाईको सरकार नेपाली जनताका बिचबाट अलोकप्रिय मात्रै होइन , अत्यन्तै नांगिएको छ  ।  केपी  ओली नेतृत्वको दलाल सरकार राष्ट्रघात र जनघात गर्न मै व्यस्त छ ।
     
आज विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( COVID 19 ) को संक्रमण र जोखिमबाट लाखौं जनता प्रभावित बन्न  पुगेका छ  ।.
       
कोरोना कहर कै कारण आज लाखौं श्रमजीवी वर्ग , काम गरी जीवन गुजारा चलाउने मानिसहरु , साना शहरीया व्यापारी त उद्यमशील मानिसहरु र आम मजदुर जनसमुदाय भोकभोकै शहरका गल्ली र सडकहरुमा मर्न बाध्य भइरहेका छन् । 
       
साना व्यापारी , व्यवसायीहरुको लगानी चौपट्टै भइसकेको छ । यातायात व्यवसाय धाराशाही बन्न पुगेको छ । हवाई व्यवसाय र पर्यटन व्यवसाय धराशायी बन्न पुगेको छ । जनताको व्यापार – उद्योग चौपट्टै बन्न पुगेको छ । ती क्षेत्रमा लगानी गर्नका लागि बैंकबाट लिएको ऋणको कोटा र साँवा ब्याज तिर्न नसक्ने अवस्थामा जनताहरु पुगेका छ ।
       
 
 यही कोरोना कहरकै कारण विद्यालय , स्कुल , कलेज , महाविद्यनलय तथा विश्व विद्यालयहरु बन्द हुन गए पछि आज लाखौं विद्यार्थीहरु आफ्नो पढाइबाट बञ्चित हुन पुगेका छन् भने शिक्षा क्षेत्रका हजारौं शिक्षक कर्मचारीहरु रोजगारी गुमाउन बाध्य भइरहेका छन् ।
     
शहर बजारमा डेरा गरी बस्ने र बहाल घर , सटर , महल भाडामा लिएर व्यापार व्यवसाय ञलाउदै आएकाहरु आज घर भाडा तिर्न नसक्ने अवस्थामा पुगेर घर मालिक र धनाढ्यहरुबाट घरबाट , घर बहालबाट अपहेलित तरिकाले निकालिएका छन् ।
       
साँझ के खाउँ बिहान के खाउँ भनेर सर्वसाधारण नागरिकहरु असन्तुलित बन्न पुगिरहेका छन्  ।
 कोरोना संक्रमितहरु क्वारेन्टाइनहरु र आइसुलेसनमै आत्महत्या गर्न बाध्य भइरहेका छन् । क्वारेन्टाइन भित्रै महिलाहरु बलात्कारको शिकार बन्न बाध्य भइरहेका छन् । क्वारेन्टाइन भित्रै महिलाहरु बच्चा जन्माउन बाध्य भइरहेका छन्  । 
       
राजधानी काठमाडौं उपत्यका लगायत देशभर दैनिक रुपमा कोरोना संक्रमित हुने र कोरोनाबाट ज्यान गुमाउने संख्या दिनदिनै बढिरहेको छ । दलाल  सरकार दिनहुँ कोरोनाबाट ज्यान गुमाउने र संक्रमित हुनेहरुको स्वास्थ्य मन्त्रालयबाट डाटा सुनाउने मात्र सिमित भएर झारा टार्ने तहमा ओर्लिएको छ । व्यापक जनताको बिचमा PCR TEST लिने गरेको छैन र अहिले त pcr test   पनि जनता स्वएमले आफ्नै पैसाले चर्को शुल्कमा लिन बाध्य बनाएर सत्ताधारी वर्ग कोरोनालाई पैसा कमाउने व्यापारको माध्यम बनाइरहेको छ ।
           
देशका सबै अस्पतालहरु कोरोना संक्रमण फैलिएर ती अस्पतालहरुमा कुनै पनि मानिस पस्न योग्य छैनन् । सबै जोखिममा परेका छन् । निरोगी व्यक्ति संक्रमित भएर ज्यान फालिरहेका छन् । दलाल सरकारले कुनै व्यवस्थापन गरेको छैन । रमिते बनेको छ । दलाल सरकार कोरोना व्यवस्थापनबाट पन्छेर जनतालाई विजोग बनाएका छ । आज सैयौ मानिसहरु दलाल सरकारको जनघाति र जनविरोधी रवैयाकारण असमय मै ज्यान गुमाउन बाध्य भइरहेका छन्  । दलाल सरकारलाई कुनै वास्तै छैन  । किनभने  दलाल सरकार जनताप्रति जवाफदेही हुदैन ।
         
नामधारी कम्युनिस्टको खोल ओढेको केपी ओली नेतृत्वको दलाल सरकार चलाउनेहरु , भ्रष्ट कर्मचारीहरु , सत्ताधारी नेकपा सम्पूर्ण तहका नेता , कार्यकर्ताहरु , मन्त्री , माननीयहरु , सभाषदहरु , प्रदेश तहका र स्थानीय निकायका हजारौं जनप्रतिनिधिहरु र कर्हरु कोरोनाको निहुँमा करोडौंको , खरबौको भ्रष्टाचार गर्ने , पुस्तौ पुस्ता पुग्ने गरी राष्ट्रको सम्पत्ति लुट्ने धन्दामा तल्लीन भएकोले जनताको जिम्मेवारीबाट पन्छिरहेका छन् । 
     
फफ माथि उल्लेखित जनताको सबै समस्याहरुबाट पन्छेर सत्ताधारी नेकपाका नेता कार्यकर्ताहरु भ्रष्टाचारमा चुर्लम्बै डुबेर कुहिएको सिनो गन्धाइरहेका छन् । आज शायद कुनै नेता कार्यकर्ता आज भ्रष्टाचार गर्नबाट जोगिएका छैनन् ।
         
कोरोना भाइरस  संक्रमण प्रवेश गर्ने वित्तिक‌ैै ओली नेतृत्वको दलाल सरकारले चीनबाट कोरोना भाइरस संक्रमण रोगथाम गर्ने योजनाका साथ ओम्नी नामको नक्कली भ्रष्ट कम्पनी खडा गरेर आौषधि दरिद गर्ने बहानामा उप प्रधानमन्त्री , स्वास्थ्य मन्त्री भानुभक्त ढकाल समेतका मन्त्रीहरुले करीब ४१ करोडको भ्रष्टाचार गरियो । 
       
प्रधानमन्त्री केपी ओली ती जनभ्रष्टाचारीहरुलाई हदैसम्मको कार्वाही गर्नुको सट्टा चरम भ्रष्टहरुको संरक्षकका रुपमा रहेेेेका तथा भ्रष्टहरुको नाइके एवं सरदार प्रधानमन्त्री केपी शर्मा ओली रंरक्षण गर्ने , ती भ्रष्टाचारीहरुलाई बचनाउन न्यायाधीशहरु र अख्तियारलाई हार गुहार केपी ओली संसारकै पहिलो भ्रष्ट प्रधानमन्त्री बन्न पुगेका छन्  ।
       
 ऐतिहासिक झापा विद्ररोहका भगौडा र लुटेराहरु र महान् दश वर्षेे जनयुद्धका भगौडा र लुटेराहरु यतिबेला कोरोनाका नाममा राष्ट्रको सम्पत्ति लुट्नका लागि लुछाचुडी गरिरहेका छन् ।
     
आज कोरोना संक्रमणका कारण हजारौं जनता संक्रमित भएर नेपाली समाजमा कोरोना भयावह फैलिएको छ । आवतजावतमा कति कठिनाई परेको छ? श्ररम गरी खाने , व्यवसाय चलाउनेहरुलाई कति कठिनाई पैदा भएको छ ? कतै लेखा जोखा गर्न सक्ने स्थिति छैन ।
   
नेपाली जनता कहाँ मरिरेका छन् , के गरिरेका छन् , के खाइरहेका छन्  ? नामधारी नेकपा नेता कार्यकर्ता , मन्त्री , माननीयहरु जनताको चासो भन्दा पनि ” अरुलाई अरुक‌ैै चिन्ता घर ज्वाईंलाई खानकै चिन्ता ” भने झै सत्ताधारी नेताहरु पदकै लागि यहीँ बेला लुछाचुडी गरिरहेका छन्  ।  
   
 उदाहरणका रुपमा प्रधानमन्त्रीको पद छुछाचुडामा केपी ओली र प्रचण्डले महिनौंसम्म अथक रुपमा तानातान गरेर दुनियाँलाई हसाए । 
     
कोरोनाकै कारण मुलुक गंभीर प्रकारको संकटमा फसिसकेको छ । जनता भोकभोकै सडकमा भरिरहेका छन्  । जनताका छोराछोरीहरु पढाइबाट बञ्चित भइरहेका छन् । रोजगारीका लागि संसार भर पुगेका नेपाली युवाहरु रोजगारी गुमाएर स्वदेश फर्किरहेका छन् । देश भित्र कुनै रोजगारीको अवसर छैन । यो दलाल सरकारले रोजगारीको सिर्जना गर्ने कुरै भएन । 
   
 एकातिर जनताको यस्तो हालत छ भने अर्कोतिर सत्ताधारी नेकपा मन्त्री मण्डल पुनर्गठन गर्ने , भागबन्डा लगाएर खाने काममै व्यस्त छ । 
 
   
कोरोना कहरकै विविध कारण र समस्यामा परेका र ती समस्याहरु समाधान गर्न नसक्ने अवस्थामा पुगेका हजारौं
जनाले आत्महत्या गरेको जानकारी दलाल सरकार स्वयंले प्रचार गरिरहेको छ ।
 
जनताको गास- बास र कपासका समस्याहरु विक्राल बन्दै गएको छ । कोरोना कहरका कारणले जनताका अन्य तात्कालिक समस्याहरु बढेर जनता स्वयंले हल गर्न सक्ने अवस्था छैन । 
    यी तमाम कारणले गर्दा जनता दलाल सत्तालाई टुलुटुलु हेरेर लामो समयसम्म पर्खेर चुपचाप भएर बस्न सक्ने कुरा असंभव बन्दै जाँदै छ । 
   
यिनै कारणहरुले गर्दा जनताका सामु दलाल सत्ताका विरुद्ध विद्रोह गर्नुको विकल्प छ‌ैन ।
 कोरोना संक्रमणको जोखिमका कारण जनता सडकमा निस्कन नसकेर निसासिएर बसिरहेका छन्  । यो धैर्यको बाँध धेरै दिन सम्म टिकिरहने सवालै छैन । अहिले अनेक जोखिमको सामना गर्दै जनता सडकमा निस्किरहेको अवस्था पनि छ । र , यो अवस्था लामो समयसम्म नटिक्ने भएकोले यो बाँध फुटेर सुनामी बनेर नेपाली धर्तीमा सनसनीपूर्ण ढंगले आउने निश्चित छ । यो समाज विज्ञानको नियम पनि हो । वर्ग संघर्षको नियम पनि हो ।
     
त्यसैले महान् नेपाली क्रान्तिका कार्भारहरु पुरा गर्ने प्रतिबद्धता प्रकट गरेर क्रान्तिका कामलाई अगाडि कढाइरहेका माओवादी लगायतका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले अब केपी ओली नेतृत्वको दलाल तथा नोकरशाही पुँजीपति वर्ग र सामन्तवादी वर्गको राजनीतिक प्रतिनिधित्व गर्दै प्रतिक्रान्तिकारी तथा प्रतिक्रियावादी नामधारी डब्बल नेकपा सरकारका विरुद्ध जनसंघर्षका ज्वारभाटा र आँधीेवेरी सृष्टि गर्न जरुरी छ ।
      १४ दलीय कार्यगत रुपी मोर्चाले यस दलाल सत्ताका विरुद्ध  तेस्रो जनआन्दोलनको सुनामी आँधी पैदा गर्नुको विकल्प छैन  ।
       
तेस्रो जनआन्दोलनको सृष्टि गर्ने भनेको आम तथा सशस्त्र जनविद्रोहको तयारीका लागि कोसेढुङ्गा सावित हुने गरी जनआन्दोलनको सिध्दान्त र पध्दति एवं प्रचलन बमोजिम गर्न अनिवार्य छ ।
     
रुसमा महान् लेनिनको नेतृत्वमा रुसी कम्युनिस्ट पार्टी ( बोल्सेविक) ले सन १९१७ अक्टोबर २५ का दिन महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न गर्न अत्यावश्यक तयारीका लागि रुसमा  अक्टोबर क्रान्ति  सन्निकट भइरहेका बेला बिशाल रुपमा जनप्रदर्शन र जनआन्दोलनहरु सञ्चालन गरेको इतिहास हामीले पढ्दै आएका छौ ।
   
 नेपाली क्रान्तिको मोडल पनि  आम जनविद्रोह अर्थात् सशस्त्र जनविद्रोहको अवस्थामा विकास भएर गइरहेको छ । यो अवस्थामा अब क्रान्तिकारी शक्तिहरु , क्रान्तिकारी माओवादी लगायतका १४ दलमा विभाजित अवस्थामा रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले प्रमुख दुश्मन अर्थात् केपी – प्रचण्डले नेतृत्व गरेको दलाल  सत्ताका विरुद्ध सबै खाले संकिर्णताहरुलाई पन्छाउँदै संयुक्त राजनीतिक मोर्चा बनाएर अरु आन्दोलनमा आउन चहाने शक्तिहरुलाई समेत सामेल गर्दै सुनामी आँधी सृष्टि गर्नको विकल्प छैन ।
     
साथै यतिबेला नेपालमा क्रान्तिकारी परिस्थिति निर्माण भइरहेकाले क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले आवश्यक तयारी नगरेर रुमलिरहने हो भने क्रान्तिकारी कम्युनिस्ट पार्टी र शक्ति भनेका ” कुइरो भित्रको काग ” झै बनरहने र जनता दशौ कदम अगाडिको संघर्षको मैदानमा पुगिसक्ने र क्रान्तिकारी कम्युनिस्ट शक्ति र पार्टी भनेका जनताका पछि पुच्छर सेपेर लुरुलुरु हिड्ने बेला आउँन सक्छ । सत्तताधरीहरुले कोरोनाका नाममा देशलाई डुबाई सके ।  चेतना  भया ! 
 
मिति : २९ सेप्टेम्बर २०२०
 
( केसी अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ) ।