नेपालमा थप १५१३ जनामा काेराेना संक्रमण पुष्टि,उपत्यकामा थप ९३४ संक्रमित,कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं,असोज १३ । नेपालमा थप १५१३ जनामा काेराेना भइरसकाे संक्रमण पुष्टि भएकाे छ। देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा १५१३ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका छन्।

 

याे सँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । उनीहरुमध्ये ४९१ जनाको मृत्यु भएको छ भने ५५ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् ।पछिल्लो २४ घण्टामा मात्र ७३१ जना संक्रमणमुक्त भएका छन्।

 

देशभर २० हजार ३९६ संक्रिय संक्रमित छन्। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन्।  

यस्तै देशभर संस्थागत आइसोलेशनमा ९ हजार ६८९ जना रहेका छन् भने होम आइसोलेशन १० हजार ७०७ जना रहेकाछन्।

यस्तै पछिल्लो २४ घण्टामा ७३१ जना डिस्चार्ज हुँदा निको हुनेको कुल संख्या ५५ हजार ३७१ पुगेको गौतमले बताए । यस्तै आज १० हजार ८९१ जनाको पीसीआर परीक्षण भएको पनि गौतमले बताए। 

कुन जिल्लामा कति थपिए संक्रमित 

 काठमाडौं उपत्यकामा ९३४ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ७४७ जना, ललितपुरका ११४ र भत्तपुरका ७३ जना छन् ।

 

यस्तै मोरङका १०१ जना, रुपन्देहीका ९५, चितवनका ६२, बाँकेका ४१, सुनसरीका ३२, कैलालीका २७, पर्साका २३, बर्दियाका १९, कपिलवस्तुका १८, कास्कीका १६, नवलपुरका १५, काभ्रेका १३, दाङका ११ र धनुषाका १० जना,झापाका ९ जना, सिराहा र कञ्चनपुरका ८/८ जना, वैतडीका ७ जना, सर्लाही, मकवानपुर र पाल्पाका ६/६ जना, सप्तरी र नवलपरासीका ५/५ जना, बारा, धादिङ र नुवाकोटका ४/४ जना, सिन्धुलीका ३, उदयपुर, तेह्रथुम, महोत्तरी, गोरखा, स्याङ्जा र गल्मीका २/२ जना तथा इलाम, ओखलढुंगा, भोजपुर, रामेछाप, सिन्धुपाल्चोक, रोल्पा, रुकुम पश्चिम, डडेलधुरा र डोटीका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।