सशस्त्र प्रहरीले १९ किलो गाँजासहित मोटरसाइकल बरामद : तस्करको खाेजीकार्य जारी
काठमाडाैं,असोज १३ । सशस्त्र प्रहरीको टोलीले लागुऔषध गाँजासहित आज बिहान सिरहाको सुखीपुरबाट ठूलो परिमाणमा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरबाट खटिएको प्रहरी टोलीले सुखीपुर नगरपालिका–४ कविलासीबाट १९ किलो गाँजासहित मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएकाे छ।
गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीलाई देखेपछि मोटरसाइकल र प्लाष्टिकको बोरा छाडेर भागेपछि शङ्का लागेर बोरा जाँच गर्दा गाँजा बरामद भएको सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरका प्रहरी निरीक्षक विदेशराज मगरले जानकारी दिए ।
तस्करले प्रयोग गरेको को २९प १४८७ नं को मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएकाे छ । बरामद गाँजा र मोटरसाइकल आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाइने सशस्त्र प्रहरीले जनाएकाे छ। तस्करकाे खाेजीकार्य जारी रहेकाे सशस्त्र प्रहरीले जनाएकाे छ।