आज फेरि सुन,चाँदीको मूल्य बढ्यो, कतिमा किनबेच हुँदैछ ?

काठमाण्डौं,असोज १४। नेपाली बजारमा सुनको मूल्य यो सातादेखि नै निरन्तर बढीरहेको छ । यो साताको चौथो कारोबार दिन बुधवार सुनको मूल्य प्रतितोला  ५०० ले बढेको हो।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार फाइन गोल्डको मूल्य प्रतितोला  ९४ हजार ७०० र तेजाबी गोल्डको मूल्य प्रतितोला  ९४ हजार २०० मा कारोबार भइरहेको छ ।

 

सुनको मूलय तोलामा मंगलवार ९०० ले बढेको थियो। गत आइतबार तोलामा ६०० रले घटेको सुनको मूल्य सोमवार भने स्थिर रहेको थियो।

 

यसैगरी बुधवार चाँदीको मूल्य पनि तोलामा १५ ले बढेको छ । बुधवार चाँदीको मूल्य प्रतितोला १ हजार १९० मा कारोबार भइरहेको छ । मंगलवार पनि चाँदीको मूल्य २५ ले बढेको थियो।

 

केही समयअघि नेपालमा सुनको मूल्य प्रतितोला १ लाखभन्दा माथि पुगेको थियो । अहिले घटेर प्रतितोला ९३ हजारको सेरोफेरोमा कारोबार भइरहेको छ ।

 

सुनको मूल्य घटबढ भइरहेको र बन्दाबन्दी तथा निषेधाज्ञा खुुकुलो भए पनि सुनको खरीदविक्री भने अझै ठप्प अवस्थामा रहेको व्यवसायीहरुले बताएका छन् ।