नेपालमा थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप ९०२ जनामा संक्रमण,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,असोज,१४ । नेपालमा थप १५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा १५५९ उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

 

 नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकामा मात्रै ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

त्यस्तै १ हजार ५७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन्। हालसम्म देशभर ५६ हजार ४२८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ।

 

अहिले देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा मृतक ७ जनामा कोरोना पुष्टि भएको छ।हालसम्म मृतक ४९८ जनामा कोरोना पुष्टि भएको छ।

कुन जिल्लामा कति थपिए संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९०२ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ६९७ ,भक्तपुरमा ९३ र ललितपुरमा ११२ कोरोना संक्रमित थपिएका छन्।

यस्तै मोरङका ९८ जना, रुपन्देहीका ७०, चितवनका ६२, नवलपुरका ४५, सुर्खेतका ४१, सुनसरी र मकवानपुरका ३८/३८ जना, बाँकेका २७, कैलालीका २३, झापाका १९, पर्साका १७, कास्कीका १६, गोरखाका १५, महोत्तरीका ११, बारा र बर्दियाका १०/१० जना र काभ्रेका ९ जना ,धादिङ र डोटीका ८/८ जना, सप्तरीका ७, सिन्धुपाल्चोक, पाल्पा र कञ्चनपुरका ६/६ जना, तनहुँ, दाङ र दैलेखका ५/५ जना, कालीकोटका ४ जना, दोलखा, नुवाकोट, सिन्धुली, स्याङ्जा र प्युठानका ३/३ जना, सर्लाही, सिराहा, रामेछाप, लमजुङ, बाग्लुङ, कपिलवस्तु, रोल्पा, जुम्ला, हुम्ला, अछाम र डडेलधुराका २/२ जना तथा उदयपुर, ताप्लेजुङ, भोजपुर, संखुवासभा, धनुषा, पर्वत, म्याग्दी, गुल्मी, नवलपरासी, सल्यान र बझाङका १/१ जनामा संक्रमण देखिएको छ ।