अखिल (क्रान्तिकारी)ले राष्ट्रिय स्वाधिनता माथिको हस्तक्षेप शिक्षा र स्वास्थ्य सम्बन्धी समस्या विरूद्ध असोज १ विरोध प्रदर्शन गर्दै

काठमाडौं,असोज १४ । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले यही असाेज १६ गते दिउँसाे १ बजे माइतिघर मन्डलामा राष्ट्रिय स्वाधिनता माथिकाे हस्तक्षेप शिक्षा र स्वास्थ्य सम्बन्धी समस्या तथा बलात्कार र हत्या विरूद्ध विराेध प्रदर्शन गर्ने अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बाताएका छन्।

 

साथै उक्त विरोध कार्यक्रममा सम्पूर्ण देशभक्त तथा राष्ट्रिय स्वाधिनता माथिकाे हस्तक्षेप विरूद्ध  सबै एक हुने बेला आएको र राष्ट्रघाती सम्झौता विरुद्ध सबै एक भएर लड्न बिरोध कार्यक्रममा सहभागी  हुन सबै विद्यार्थीहरूलाइ आव्हान समेत गरिएकाे छ। 

 

त्यस्तै अनलाइन कक्षाको नाममा शुल्क उठाउने ,त्यस्तै सरकारले स्वास्थ्यकाे क्षेत्रमा जनताकाे सम्पूर्ण जिम्मेवारी लिनु पर्ने जस्ता माग राख्दै त्यस विरुद्ध माईतिघर मन्डलामा १६ गते राखेकाे विराेध कार्यक्रममा  सम्पूर्ण विद्यार्थीहरूलाइ उपस्थिति भइदिन आग्रह समेत गरिएकाे अध्यक्ष गजुरेलले बताउनुभयाे । 

 

 अहिले बालिका बलात्कार गर्ने घटना दिन प्रति दिन बढ्दै गएकाेले सरकारले बलात्कारीलाइ हदै सम्मकाे कारबाही गर्न   माग गरिएकाे छ।

 

त्यस्तै हत्या र बलात्कारी विरूद्ध सबै विद्यार्थी, आम नागरिक एक हुन १६ गते माइतिघर मन्डलामा विराेध प्रदर्शनमा सहभागी हुन सम्पूर्ण विद्यार्थी ,देशभक्तहरूलाइ उपस्थितिकाे लागि अनुराेध गरिएकाे छ।