नेपालका २१ बाम संगठनहरुद्धारा सरकारका राष्ट्रघाती र जनविरोधी गतिविधि विरुद्ध विशाल विरोध प्रदर्शन

काठमाडौं,असोज २९। नेपालका २१ बाम संगठनहरुले सरकारका राष्ट्रघाती र जनविरोध गतिविधिका विरुद्ध आज काठमाडौंको माइतीघर मण्डलामा विशाल प्रदर्शन गरेका छन् ।

 

दिउँसाे १ बजेदेखि शुरु भएको विराेध प्रदर्शनमा २१ दलका ५÷५ जनाका दरले जम्मा १०५ जनाको उपस्थिति थियो । १ घण्टासम्म एमसीसी खारेज गर्न माग गर्दै नाराबाजी गरेका थिए ।

 

एमसीसीको खारेजीका साथै नेपालको वास्तविक नक्सा अनुसारको भूभाग हासिल गर्ने र भारतद्वारा गरिएकाे  अतिक्रमणको विरोध पनि गरेका थिए ।

 

सहभागीहरुले सरकारबाट भइरहेका भ्रष्टाचारजन्य गतिविधिहरुका साथै राष्ट्रघातका सवालमा समेत खबरदारी गर्दै नाराबाजी गरेका थिए ।

 

साथै कोभिड–१९ मा सरकारबाट भएका भ्रष्टाचारकाे छानविन गर्नु पर्नेमा सरकार गैरजिम्मेवार भएकाे भन्दै विरोध गरिएकाे थियाे । त्यस्तै निःशुल्क उपचारको व्यवस्था, भोकमरीबाट पीडित जनताका लागि खाद्यान्नलगायतका न्यूनतम आवश्यकताको परिपूर्ति गर्न अविलम्ब रोजगारीको व्यवस्था गर्न, बलात्कार र हत्याजस्ता अपराध नियन्त्रण र अपराधीलाइ कारवाही माग गर्दै विरोध प्रदर्शनमा गरिएको थियो ।

प्रदर्शनमा सहभागी पार्टीहरू , नेकपा (क्रान्तिकारी माओवादी), नेकपा( मसाल), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिस्ट पार्र्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्शेविक), राष्ट्रवादी केन्द्र, नेपाल, एमसीसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारावादी कम्युनिस्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान, नेपाल, नेकपा (माक्र्सवादी), नेकपा माक्र्सवादी (पुष्पलाल) र नेकपा (माओवादी) रहेका थिए ।