भुपू प्रहरी हवल्दारको खोलामा डुबेर मृत्यु

कञ्चनपुर,असोज २९ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आज खोलामा डुबेर भुपू प्रहरी हवल्दारको मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार वडा नं ८ का ५० बर्षीय कमलसिंह ठगुन्नाको छहरी खोलामा डुबेर मृत्यु भएको हो ।

 

“बिहान घरबाट निस्केका ठगुन्ना खोलामा डुबेको भेटिएका हुन,उहाँले भन्नुभयो,घटनाको प्रारम्भिक अनुसन्धानले मृतकले मादकपदार्थ सेवन गरेको बुझिएको छ ।प्रहरीका अनुसार शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । रासस