नेपालमा थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप २४०२ जना संक्रमित

काठमाडौं,असोज,३० । नेपालमा थप ४ हजार ३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा मात्र  २ हजार ४०२ जना संक्रमित थपिएका  छन् ।

 

याे सँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । उनीहरुमध्ये ७१५ जनाको मृत्यु भएको छ भने ८८ हजार ४० संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५२२ संक्रमणमुक्त भएका हुन् ।

देशभर ३७ हजार ३८२ संक्रिय संक्रमित छन् ।