नेपाल टेलिकमको दशैं- तिहार अफरै-अफर सार्वजनिक

काठमाडौ,कार्तिक १। नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप÷परिमार्जन गरी ९० दिनसम्म लागु हुने अटम अफर उपलब्ध गराउने भएको छ ।

यसैगरी घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागु हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागु हुने ‘तिहार अफर’ लाई फेस्टिभल अफरका रुपमा उपलब्ध गराउने भएको छ ।

पहिलेदेखि नै उपलब्ध केही प्याकहरु यथावत् राखिएका छन् भने केही प्याकहरु परिमार्जन गरी थप आकर्षक बनाइएका छन् । साथै सान्दर्भिक नभएका केही प्याकहरुलाई निरन्तरता नदिइने भएको टेलिकमले जनाएको छ ।

 

अटम अफरमा नयाँ प्याकेजका रुपमा सोसल मिडिया प्याक उपलब्ध हुनेछ । यस अन्तर्गत ३ दिनसम्म चलाउन मिल्नेगरी ५५ रुपियामा युटुव अनलिमिटेड र फेसबुक अनलिमिटे प्याकेज छुट्टाछुट्टै उपलब्ध हुने भएका छन ।

 

यी अफर खरिद गरे पश्चात् सहुलियत स्वरुप १५ मा ३ दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने एक जिबी डाटा समेत खरिद गर्न सकिने भएको छ ।

 

यसअघि ४० रुपियामा ३ दिनका लागि ५५ मिनेटको भ्वाइस प्याक उपलब्ध गराइरहेकोमा अब सोही दरमा ७० मिनेट कल गर्न सकिने प्याकेज उपलब्ध गराइएको छ । त्यसैगरी १५ रुपियामा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल उपलब्ध हुने भएको छ ।

 

पहिलेदेखि नै उपलब्ध अल टाइम भ्वाइस प्याक अन्तर्गत १ दिन, ७ दिन, २८ दिन र ३५ दिनका लागि उपलब्ध भ्वाइस प्याकहरु यथावत् राखिएका छन् ।

 

त्यसैगरी राती १० बजेदेखि बिहान ७ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याक र बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म चलाउन मिल्ने विभिन्न दरका डे भ्वाइस प्याक पनि यथावत राखिएका छन् ।

 

यसअघि ‘वान डे डाटा प्याक’ अन्तर्गत कुनैपनि समय चलाउन मिल्ने प्याक १५ रुपियामा ६० एमबी उपलब्ध गराइरहेकोमा अब १०० एमबी उपलब्ध हुने भएको छ ।

 

त्यसैगरी ‘थ्री डे डाटा प्याक’ ६० रुपियामा ४०० एमबी उपलब्ध गराइरहेकोमा अब ५०० एमबी प्राप्त गर्न सकिने भएको छ । वान डे डाटा प्याक अन्तर्गत बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन मिल्ने डाटा प्याकको भोल्युम पनि पहिले भन्दा बढी हुने भएको छ ।

 

यस अन्तर्गत १० रुपियामा ८० एमबी डाटा उपलब्ध भइरहेकोमा अब १२० एमबी र १८ रुपियामा २५० एमबी डाटा उपलब्ध भइरहेकोमा अब सोही प्याकेज १५ रुपियामा उपलब्ध हुने भएको छ ।

 

फेस्टिभल अफरका रुपमा दशै÷तिहार र छठ पर्वलाई समेत समेटी जिएसएम÷सिडिएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराइने भएको छ ।

 

यसमा रिचार्ज कार्डबाट। ५० रुपिया रिचार्ज वा एमपोसबाट २० देखि ५० रुपिया सम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ५ मिनेट बोनस प्राप्त हुने हुने भएको छ ।

 

रिचार्जकार्डबाट १०० रुपिया वा एमपोसबाट रु. ५१ देखि।१०० रुपिया रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी थप १० मिनेट बोनस प्राप्त हुनेछ ।

 

रिचार्ज कार्डबाट २०० वा एमपोसबाट १०१ देखि २०० रुपिया रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी २० मिनेट थप बोनस प्राप्त गर्न सकिने भएको छ । एमपोसबाट २०१ देखि ४९९ रुपिया सम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ३० मिनेट बोनस प्राप्त गर्न सकिने भएको छ ।

 

यसैगरी, रिचार्ज कार्डबाट ५०० वा एमपोसबाट रु. ५०० देखि ९९९ रुपिया सम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट बोनस प्राप्त हुने भएको छ ।

 

साथै, रिचार्ज कार्डबाट १ हजार वा एमपोसबाट १ हजार, हजार वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिनमा प्रयोग गर्न सकिने गरी १ सय मिनेट बोनस प्राप्त हुने नेपाल टेलिकमले जनाएको छ।