उदयपुरमा जिप दुर्घटना हुँदा पाँचको मृत्यु , तीन घाईते

काठमाडौं, कात्तिक २ गते । शिध्दिचरण राजमार्गमा आइतवार विहान उदयपुरको कटारी नगरपालिका वडा नं १४ को भदौरेस्थित एउटा स्कार्पियो दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्य भएको छ भने अन्य तीनजना गम्भिर घाईते भएका छन ।

 

भैरहवाबाट ओखलढुङ्गातर्फ जादै गरेको बा २० च ७१७१ नम्वरको स्कार्पियो ब्रेक फेलभई सडकबाट करिव नौसय मिटर तल खस्दा त्यसमा सवार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं ९ माधवपुरका ४६ वर्षीय रामवहादुर सार्की सोही ठाउँ निवासी २७ वर्षिय कर्ण सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

यसैगरी दुर्घटनामा नाम थर वतन नखुलेका अन्दाजी ३० एक वर्षकी महिला,३२ वर्षको पुरुष र ५२ वर्षको पुरुषको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ।  

 

उहाका अनुसार गाडि चालक रुपन्देही जिल्ला त्रिदम्वा नगरपालिका वडा नं १५ का रामवहादुर खड्काको छोरा २८ वर्षिय पवन खड्काको अवस्था गम्भीर घाइते, ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं ९ माधवपुरका सागर सार्कीको छोरी वर्ष १८ की कल्पना सार्कीको टाउकोमा चोट लागि गम्भिर अवस्थाको घाइते र सोही ठाउँ निवासी रामवहादुर सार्कीको श्रीमती वर्ष ३१ की कुमारी सार्कीको दाहिने खुट्टामा चोट लागेको तर अवस्था सामान्य रहेको छ ।

 

घाईते सबैको उपचारका लागि कटारीमा अस्पताल पठाइएको र गए राती करीव १ वजेको समयमा दुर्घटना भएको भन्ने खवर पाउना साथ उध्दारका लागि ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल गएको थियाे।