नेपालमा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप १६९८ जनामा संक्रमित

काठमाडौं,कार्तिक २ । नेपालमा थप २९४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ८७५ नमुना परीक्षण गर्दा २९४२ जनामा संक्रमण पुष्टि भएको हो ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप १६९८ जनामा संक्रमण पुष्टि भएकाे छ।  काठमाडौंमा १ हजार ४६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० कोरोना संक्रमित थपिएका हुन् ।

 

याे सँगै संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । उनीहरुमध्ये ७३९ जनाको मृत्यु भएको छ भने ९२ हजार १६६ जना संक्रमणमुक्त भएका छन् ।

 

पछिल्लो २४ घण्टामा मात्र २३२६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाएको छ । देशभर ३९ हजार ३४१ संक्रिय संक्रमित छन् ।