कोरोनाको उपचार अब आफ्नै खर्चमा : सबै अस्पतालमा संक्रमितका लागि ५० प्रतिशत बेड अनिवार्य

काठमाडौं,कार्तिक २ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । त्यसैगरी सबै अस्पतालले कोरोना भाइरस संक्रमितको उपचारका लागि ५० प्रतिशत बेड अनिवार्य रुपमा छुट्याउनुपर्ने मन्त्रालयले जनाएकाे छ।

 

सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

 

अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता  जागेश्वर गौतमले बताएका छन् ।

 

त्यसैगरी अब सबै अस्पतालले कोरोना भाइरस  संक्रमितको उपचारका लागि ५० प्रतिशत बेड अनिवार्य रुपमा छुट्याउनुपर्ने भएको छ । प्रवक्ता गौतमका अनुसार ५० प्रतिशत बेडमा आईसीयूसमेत हुनुपर्ने बताएका छन्।

 

सरकारले यसअघि गरेको निर्णय परिवर्तन गर्दै निजी,सहकारी, सामुदायिक, मेडिकल कलेज र सबै सरकारी अस्पताललाई कोरोनाको उपचारका लागि ५० प्रतिशत बेड अनिवार्य गर्न निर्देशन दिएको बताएका छन्।