भारतले समात्यो चिनियाँ सैनिक

एजेन्सी। भारत र चीनबीच सीमा विवाद भइरहेका बेला लद्दाखको चुमर-डेमचोक क्षेत्रबाट भारतीय सैनिकले एक चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएका छन्।

 

स्रोतले समाचार एजेन्सीलाई बताएअनुसार ती चिनियाँ सैनिक भूलवश भारतीय सिमानामा प्रवेश गरेको हुन सक्छ।

भारतीय सेनाले चिनियाँ सैनिक संगठन पिपुल्स लिवरेसन आर्मी (पिएलए) ले पक्राउ परेका सैनिकबारे जानकारी दिन आग्रह गरेको छ।प्रोटोकलअनुसार ती सैनिकलाई चुसुलमा चिनियाँ सेनाको जिम्मा लगाइने भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ।

 

गत जुन १५ मा सीमा क्षेत्र पूर्वी लद्दाखको गलवान उपत्यकामा दुई देशका सैनिकबीच झडप भएयता भारत र चीनबीच तनाव छ। झडपमा २० भारतीय सैनिक मारिएका थिए। तर चीनतर्फको क्षति अहिलेसम्म सार्वजनिक भएको छैन।