घरमै बसेर चाडपर्व मनाऔँ

काठमाडौँ, कात्तिक ४ । कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण दिनहुँ बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस पटकको दशैँ लगायतका चाडपर्व घरमै बसेर मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले सुरक्षित रूपमा चाडबाड मनाउनुपर्ने भन्दै यो पटकलाई घरमै बसेर दशैँ मनाउन आग्रह गर्नुभयो। उहाँले आफ्नो परिवारको सुरक्षाका निम्ति जमघट नगरी दशँै, तिहार मनाउन सुझाव दिनुुभयो । उहाँले ज्यान रहे अर्को वर्ष जमघट र धूूमधामसँग पर्व मनाउन सकिने बताउनुभयो ।

उहाँले घरमा मृत्यु भएका सङ्क्रमितको शव व्यवस्थापन परिवार आफैँले गर्नुपर्छ भन्ने भनाइलाई तोडमोड गर्न खोजिएको बत९ाउनुभयो । उहाँले कतिपय मानिसले आफ्नो धर्म संस्कृतिअनुसार शव व्यवस्थापन गर्नुपर्ने माग राखेकाले उक्त शव व्यवस्थापन परिवारले गर्नुपर्ने भनिएको स्पष्ट गर्दै शवको व्यवस्थापन नेपाल सरकारले गरिरहेको स्पष्ट पार्नुुभयो ।

 

यस्तै उहाँले कोरोना परीक्षण शुल्क हुने वर्गले आफ्नै खर्चमा गरिदिए अन्य विपन्नलाई सहयोग पुग्ने मन्त्रालयको भनाइ रहेको बताउनुभयो । हाम्रोजस्तो स्रोतसाधन कम भएको देशमा हुनेखाने वर्गले पीसीआर परीक्षण तथा उपचार खर्च गरिदिए गरिब, विपन्न, एकल महिलालाई निःशुल्क उपचार गर्न सहज हुने बताउनुभयो ।

 

यसैबीच गत २४ घण्टामा देशभर थप तीन हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकमा थप दुई हजार ३८८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै सोमबार देशभर थप १८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मन्त्री नेम्वाङलाई कोरोना

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना ९कोभिड–१९० सङ्क्रमण पुष्टि भएको छ । उहाँले सो कुराको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुुभएको छ ।

 

मन्त्री नेम्वाङलाई कोभिड–१९ को लक्षण देखिएपछि गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको जानकारी उहाँका स्वकीय सचिव गणेश योङ्हाङले दिनुभयो ।

आधारभूत अस्पताल निर्माण गरिने

सरकारले कोरोना कोभिड–१९ बाट सङ्क्रमितको उपचारका लागि सबै स्थानीय तहमा पाँचदेखि १५ शøया सम्मको आधारभूत अस्पताल निर्माण गर्ने भएको छ । मङ्सिर १५ गते ती अस्पतालको शिलान्यास एकै पटक गर्ने तयारी थालिएको छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले गोरखापत्रसँग कुरा गर्दै सरकारले कोभिड–१९ बाट सङ्क्रमितको उपचारका लागि सबै स्थानीय तहमा पाँचदेखि पन्ध्र शøया सम्मको आधारभूत अस्पताल स्थापना गर्ने तयारी सुरु गरेको जानकारी दिनुभयो ।गोरखापत्र दैनिकमा खबर छ।