विश्व हिन्दु युवासघंका केन्द्रीय सदस्य शाहीले गरे नेप्सोन फाउन्डेसनलाइ खेलकुद सामाग्री सहयोग

काठमाडाैं,कार्तिक ४। विश्व हिन्दु युवा सघंका केन्द्रीय सदस्य धर्मेन्द्र शाहीले खेलकुद सामाग्री सहयाेग गरेका छन्। मुगु जिल्लाका युवालाइ थप खेलकुद क्षेत्रमा प्राेसान गर्नकाे लागि फुटबल सम्बन्धिका खेलकुद समाग्री नेप्साेन फाउन्डेसनलाइ सहयाेग गरिएकाे शाहीले जानकारी दिएका छन्।

 

युवाहरूलाइ फुटबल सम्बन्धित प्रतियोगिता सञ्चालन गर्न आवश्यक पर्ने खेलकुद सामग्री उपलब्ध गराएको शाहीले जनाएका छन्।

 

केन्द्रीय सदस्य शाहिले उक्त खेलकुद समाग्री युवाहरूलाइ प्राेसान स्वरूप थाेरै भए पनि व्यवस्था गरिएकाे आगामी आउने दिनमा पनि खेलकुद सामाग्री सहयाेग गर्दै जाने उनले बातए।

यसबाट खेल क्षेत्रमा युवाहरुको आक्रषणसहित खेल मैत्री समाज निर्माण गर्न विश्व हिन्दु युवा संघ लागि रहने शाहीले बताए।

 

विश्व हिन्दु महासंघका केन्द्रीय नेता शाहीले मुगुमा रहेकाे नेप्साेन फाउन्डेसनलाइ खेलकुद सामाग्रीहरू हस्तान्तरण गरिएकाे बताएका छन् ।

 

अब आउने आगामी दिनहरुमा पनि खेलकुद क्षेत्रलाइ सके जतिको सहयोग गर्दै जाने प्रतिवद्धता समेत शाहीले जनाएका छन्।