यस्तो छ आज बुधबारको मौसम पूर्वानुमान

काठमाडौं,कार्तिक ५। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

त्यस्तै महाशाखाले उल्लेखनीय मौसमी प्रणाली नरहेकाे जनाएकाे छ।

हाल मौसमको अवस्था देशका पहाडी भूभागमा आंशिक वदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहको महाशाखाले जनाएको छ।

 

आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न २ र कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र वागमती प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै राती देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा लुम्विनी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदुर पश्चिम प्रदेशको पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावाना रहको महाशाखाले जनाएको छ ।

कार्तिक ०६ गते बिहिबार

दिउँसो : प्रदेश नं १, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा वागमती र लुम्बिनि प्रदेशमा आंशिक बदली रहनेछ। सुदुर पश्चिम प्रदेशको पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावाना छ ।

 

राती: प्रदेश न १, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न २ , वागमती र गण्डकी प्रदेशमा आंशिक वदी रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न १, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०७ गते शुक्रवार

दिउँसो : देशभर पहाडी भुभागहरुमा आंशिक बदली रहनेछ भने वाकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुइ स्थानमा हल्का बर्षाको सम्भावाना छ ।

 

राती : प्रदेश न १ र वागमती प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न २ मा आंशिक वदी रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न १ का एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।