आज बिहिबारको मौसम पूर्वानुमान यस्तो छ !

काठमाडौं,कार्तिक ६। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

आज त्यस्तो उल्लेखनीय मौसमी प्रणाली केही नरहेको महाशाखाले जनाएको छ।

हाल मौसमको अवस्था देशका पहाडी भूभागमा आंशिक वदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहको महाशाखाले जनाएको छ।

 

आज दिउँसो प्रदेश नं १, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा वागमती र लुम्बिनि प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावाना रहेकाे छ ।

 

त्यस्तै राती देशका पहाडी भुभागहरुमा आंशिक बदली रहनेछ भने वाकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुइ स्थानमा हल्का बर्षाको सम्भावाना छ ।

कार्तिक ०७ गते शुक्रवार

दिउँसो : देशभर पहाडी भुभागहरुमा आंशिक बदली रहनेछ भने वाकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुइ स्थानमा हल्का बर्षाको सम्भावाना छ ।

 

राती : प्रदेश न १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश न २ र वागमती प्रदेशमा आंशिक वदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न १ का एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०८ गते शनिवार

दिउँसो : प्रदेश न १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश न २ र वागमती प्रदेशमा आंशिक वदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न १ का एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

राती : प्रदेश न १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश न २ र वागमती प्रदेशमा आंशिक वदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न १ का एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।