आज शुक्रबारको मौसम पूर्वानुमान

काठमाडौं,कार्तिक ७। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गेरको छ।
 

आज कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेकाे महाशाखाले जनाएकाे छ।

हालको मौसमको अवस्था देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

 

आज दिउँसो देशभर पहाडी भुभागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा हल्का बर्षाको सम्भावाना रहेकाे महाशाखाले जनाएकाे छ ।

 

त्यस्तै राती देशभर पहाडी भुभागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा हल्का बर्षाको सम्भावाना छ ।

कार्तिक ०८ गते शनिबार

दिउँसो : प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही भू(भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक(दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

राती : प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०९ गते आइतबार

दिउँसो स् प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, गण्डकी र बागमती प्रदेशमा आंशिक बदली रही भू(भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

राती : प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, गण्डकी र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।