आज सोमबारको मौसम पूर्वानुमान

काठमाडौं,कार्तिक १०। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

त्यस्तो कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ।

 

हाल मौसमको अवस्था प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेश आंशिक बदली रही बाकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

 

आज दिउँसो प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र प्रदेश २ को एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 त्यस्तै आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

कार्तिक ११ गते मंगलबार

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

कार्तिक १२ गते बुधबार

दिउँसो : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

राती : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।