नेपालमा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार १६८ जना संक्रमणमुक्त,कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं,कार्तिक ११ ।नेपालमा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका ल्याबमा जम्मा २ हजार ७२५ नमुना परीक्षण गर्दा २७२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।

 

याे सँगै संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । उनीहरुमध्ये १ लाख १८ हजार ८४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार १६८ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै थप १४ जनाको मृत्यु भएको छ । याे सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८७६ पुगेको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित 

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २५२ जना संक्रमित थपिएका छन्। काठमाडौंका २२५ जना, ललितपुरका २३ जना र भक्तपुरका ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।

 

त्यस्तै रुपन्देहीका ७९ जना, नवलपुर र दाङका ५५/५५ जना, सुनसरीका २८ जना, बाँकेका १४जना, धनुषा र काभ्रेका ११/११जना, नवलपरासीका ७जना, म्याग्दी र बाग्लुङका ५/५ जना, मोरङ र कपिलवस्तुका ४/४ जना, धादिङ र गुल्मीका ३/३ जना तथा रौतहट, रामेछाप, सिन्धुपाल्चोक, स्याङ्जा, अर्घाखाँची र बर्दियाका २/२ जना, उदयपुर, पाँचथर, भोजपुर, बारा, सिराहा, चितवन, दोलखा, नुवाकोट, गोरखा र प्युठानका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।