चिनसँग तनाव भइरहेको बेला भारत र अमेरिकाबीच भए यस्ता सम्झौता !

नयाँदिल्ली।नयाँदिल्लीको बेइजिंगसंग विभिन्न विषयमा तनाव भइरहेको अहिलेको परिस्थितीमा भारत र संयुक्त राज्य अमेरिकाबिच मंगलवार भूउपग्रह सम्बन्धमा संवेदनशिल डाटाहरु आदान प्रदान गर्ने विषयक एक सैनिक सम्झौतामा हस्ताक्षर भएको छ ।

 

क्षेप्यास्त्र , ड्रोन र अन्य लक्षमा अचुक निसाना बनाउनका लागि यस्ता डाटा अत्यन्तै महत्वपूर्ण रहने बताइएको छ । भारतको राजधानी दिल्लीमा दुई देशबिचको उच्च स्तरिय वार्ताको दौरान यो सम्झौता सम्पन्न भएको हो ।

 

दक्षिण एसियामा बढ्दो चिनिया प्रभाबलाई चुनौति दिने उद्देश्यले भारत र अमेरिकाबिचको सम्बन्ध मजवुत बनाइँदै गरिएको राजनीतिक विश्लेषकहरुको भनाई रहेको छ ।

 

अमेरिकाका रक्षामन्त्री मार्क एस्परले आफ्ना भारतिय समकक्षी राजनाथ सिंहसंग वार्ता गरेकाछन् । यसैगरी अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले पनि भारतिय समकक्षी एस जयशंकरसंग भेटवार्ता गरेको बताइएको छ ।एजेन्सी,