बैतडीमा कुटपीटबाट एक जना युवाको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं,कार्तिक ११ । बैतडीमा पञ्चेश्वर गाउँपालिका वडा नं ३ डुङरीमा कुटपीटबाट एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ३२ बर्षीय कमलबहादुर साउँदको भएको प्रहरीले जनाएको छ ।

 

साउँदलाई स्थानीय विरेन्द्र चन्द्र र ज्ञानेन्द्र चन्दले मदिरा सेवन गरे यही असोज ९ गते राती कुटपीट गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

 

साउँदमाथि कुटपीट भएलगत्तै उहाँलाई उपचारका लागि धनगढी पठाएको र धनगढीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर पठाएको थियो ।

 

साउँदको कोहलपुर नपुग्दै सोमबार बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।

 

कुटपीटमा संलग्न भनिएका विरेन्द्र चन्द र ज्ञानेन्द्र चन्दलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए ।

 

उनले भने‘घटनाका बारेमा थप अनुसन्धान गर्न म आँफै घटनास्थल जाँदैछु । घटनाका कसरी भयो भन्ने बिषयमा थप अनुसन्धान पछि मात्रै थाहा हुने उनले बताएका छन् ।