तीन वर्ष पार्टी अध्यक्षको जिम्मेवारी सम्हालेका माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले दिए राजीनामा

काठमाडौं,कार्तिक ११। नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले पार्टीभित्र अल्पमतमा परेपछि पार्टी अध्यक्षबाट राजीनामा दिएका छन्। किरातीले झण्डै तीन वर्ष पार्टी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । अब उनको राजीनामापछि वरिष्ठ उपाध्यक्ष तिलक थापामगरलाई पार्टी अध्यक्षको जिम्मेवारी दिइएको छ।

 

किरातीले पार्टी अध्यक्षको जिम्मेवारी अल्पमत बहुमत भन्दा पनि स्वास्थ्यका कारण छोडेको बताइएको छ। थप अध्ययन पनि गर्नुपर्ने भन्नुभएकोले पार्टी अध्यक्षबाट राजीनामा दिएको बताइएको छ।किरातीको स्वइच्छाले अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष तिलक थापालाई छोड्दिएका छन् ।

 

अब मंसिर पहिलो साता पार्टीको केन्द्रीय कमिटी बैठकले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ। एमाले–माओवादी एकता भएपछि किरातीले माओवादी केन्द्र पुनर्गठन गर्दै पार्टी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।