नेपालमा थप १९५४ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप ८४३ जनामा संक्रमण,कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं,कार्तिक १२। नेपालमा थप १ हजार ९५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका अनुसार  ८ हजार २४८ जनाको पीसीआर परिक्षण गर्दा  १ हजार ९५४ जनामा संक्रमण पुष्टि भएको हो।

 

त्यस्तै काठमाडौं उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६९६, भक्तपुरमा २९ र ललितपुरमा ११८ गरी सो संख्यामा संक्रमित पुष्टि भएको हो ।

उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ, भने संस्थागत आइसोलेशनमा ७ हजार ७०९ र होम आइसोलेशनमा ३१ हजार ९३४ जना रहेका छन् ।

 

यस्तै बितेको २४ घण्टामा थप २ हजार ९८१ जनाले कोरोना जितेका छन् भने याे सँगै देशभर कोरोना जित्नेको कुल संख्या १ लाख २१ हजार ८२४ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट देशभर थप ११ जनाको मृत्यु भएको छ।हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको छ।

कुन जिल्लामा कति थपिए संक्रमित 

मन्त्रालयकाअनुसार काठमाडौंका ६९६ जना, ललितपुरका ११८ र भक्तपुरका २९ जना छन् ।

त्यस्तै मोरङका २५३ जना, सुनसरीका २०३, चितवनका १६३, कास्कीका ९९, झापाका ७८, नवलपुरका ५०, मकवानपुरका ३९, महोत्तरीका २७, पर्साका २०, स्याङ्जाका १३, सप्तरी र गोरखाका ११/११ जना, उदयपुर र तनहुँका १०/१० जना, सोलुखुम्बु र सिराहाका ९/९ जना तथा धनुषा र काभ्रेका ८/८ जना, रुपन्देहीका ७ जना, सर्लाही, बर्दिया, दैलेख र कैलालीका ६/६ जना, नुवाकोटका ५, संखुवासभा, बाग्लुङ र अछामका ४/४ जना, खोटाङ, तेह्रथुम, बारा, रौतहट, सिन्धुपाल्चोक, गुल्मी र दाङका ३३ जना, इलाम, धादिङ, लमजुङ र कञ्चनपुरका २/२ तथा ओखलढुंगा, भोजपुर, पर्वच, मुस्ताङ, नवलपरासी, पाल्पा र बाँकेका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।