आज विहीबारको मौसम पूर्वानुमान

काठमाडौं,कार्तिक १३। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

आज त्यस्तो कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ।

हाल मौसमको अवस्था देशका पहाडी भू-भागमा आंशिक बदली रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

 

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै आज राती देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

 

कार्तिक १४ गते शुक्रबार

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

राती : देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

कार्तिक १५ गते शनिबार

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ ।

 

राती : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।