र्‍यापर भिटेनलाई कारवाही गर्न प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोलाई चिठी

काठमाडौँ,कार्तिक १३ । प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई र्‍यापर समीर घिसिङ ‘भिटेन’ लाई कारबाही गर्न चिठी लेखेको छ । केही साताअघि मात्र भिटेनले युट्युबमा ‘पारा’ नामक नयाँ गीत सार्वजनिक गरेका थिए ।

 

उक्त र्‍याप गीतमाआपत्तिजनक शब्द प्रयोग भएका कारण कारवाही गर्न साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । भिटेनलाई यसअघि प्रहरीमाथि र्दुव्यवहार गरेको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो।

 

सो क्रममा प्रहरीले भिटेनलाई उक्त गीत भिडियो नै डिलिट गर्न लगाएको थियो । केही साता अघि मात्र सार्वजनिक भएको र्‍याप भिडियोमा समेत प्रहरीप्रती आपत्तिजनक शब्द प्रयोग भएका कारण कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। भिटेनको उक्त र्‍याप भिडियो अहिले नेपालको युट्युबमा टेन्ड्रिङको पहिलो नम्बरमा छ।