आफ्नै गृह जिल्ला बझाङमा अनेरास्ववियूकै कार्यकर्ताले देखाए संयोजक ऐन महरलाई कालो झण्डा

बझाङ,कार्तिक १३। आफ्नै गृह जिल्ला बझाङमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियूका संयोजक ऐन महरलाई अनेरास्ववियूकै विद्याथीले कालो झण्डा देखाइएका छन्।

 

जिल्लाको बुङ्गल नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा संयोजक महरलाई अनेरास्ववियूकै जिल्ला कमिटीका नेताहरूले कालो झण्डा देखाएका थिए ।कार्यक्रममा विद्यार्थी नेताहरूले ’अनेरास्ववियू जिन्दावाद’, ’गुट भेला मुर्दावाद’ भन्दै नाराबाजी समेत गरेका थिए ।

 

कालो झण्डा देखाएपछि अनेरास्ववियूका जिल्ला नेता गणेश कुँवर र रामचन्द्र जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको थियाे।

 

अनेरास्ववियू संगठन विस्तार गर्दा संयोजक महरले एकता विधानविपरीत कार्य गरेको भन्दै अनेरास्ववियूका नेता कार्यकर्ताहरुले असन्तुष्टि जनाउँदै आइरहेका छन्।