नेपालमा थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप १८८८ जनामा संक्रमण, ४०९६ जना संक्रमणमुक्त,कुन जिल्ला कति थपिए संक्रमित 

काठमाडौं,कार्तिक १४ । नेपालमा थप ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९८९ जनाको परीक्षण हुँदा ३५१७ जनामा संक्रमण पुष्टि भएको हो ।

 

त्यस्तै काठमाडौं उपत्यकामा १८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १५०८जना, ललितपुरमा २४९जना र भक्तपुरमा १३१ जनामा संक्रमण पुष्टि भएको छ ।

 

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा ४०९६ जना संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ ।

 

सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण ९२० जनाको मृत्यु भएको छ ।

कुन जिल्ला कति थपिए संक्रमित  

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा संक्रमण पुष्टि भएको छ।

 

त्यस्तै मोरङमा २५५, सुनसरीमा १३७, चितवनमा १२३, रुपन्देहीमा १२०, कास्कीमा ११२, मकवानपुरमा ८०, काभ्रेमा ७३, दाङमा ५१, बाँकेमा ४१ र नुवाकोटमा ३३ जना,नवलपरासी पूर्वमा २९, कैलालीमा २८ जना, दोलखामा २७, तनहुँ २५, सिराहा २४, धादिङ र बर्दियामा १९÷१९ जना, पर्सामा १७, सप्तरीमा १६, धनुषा र रौतहटमा १५, कञ्चनपुरमा १४, उदयपुर, गोरखा, स्याङ्जा र दैलेखमा १३/१३ जना,सिन्धुपाल्चोक र पर्वतमा १२/१२ जना, बारामा १०, लमजुङमा ९, महोत्तरी, गुल्मी र नवलपरासीमा ८/८ जना, बाग्लुङ, पाल्पा, सुर्खेतमा ७/७ जना, रामेछाप, कपिलवस्तु र जम्लामा ६/६ जना, धनकुटा, सर्लाही, सिन्धुली, डडेल्धुरामा ५/५ जना, इलाम, खोटाङ, भोजपुर र म्याग्दीमा ४/४ जना, ओखलढुंगा, तेह्रथुम, संखुवासभा, अर्घाखाँची र जाजरकोटमा ३/३ जना, सोलुखुम्बु, कालीकोट र डोटीमा २/२ जना, र पाँचथर, रोल्पा, रुकुम पूर्व, हुम्ला, सल्यान, हुम्ला, दार्चुला र बझाङमा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।