ताप्लेजुङमा चाडपर्वकै बेला आफन्तबाट दुई बालिका बलात्कृत, दुईजना पक्राउ

काठमाडौं,कार्तिक १५। ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ४ साब्लाखुकी १४ वर्षीया र आठराइ त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारीकी १७ वर्षीया बालिकामाथि चाडपर्वकै बेला आफन्तबाटै बालिकामाथि जबरजस्ती करणीको अभियोगमा प्रहरीले  २ जना अभियुक्तलाई पक्राउ गरेको छ।

 

 आफ्नै काकारबाबु साइनो पर्नेबाट जबरजस्ती करणीको प्रयास भएको जाहेरी परेपछि प्रहरीले उनिहरू २ जनालाई पक्राउ गरेको हो।

 

पक्राउ पर्नेमा सिदिङ्वाको वडा नं ४ साब्लाखु मादिबुङ बस्ने १८ वर्षीय सेते भनिने आइन्द्रहाङ लिम्बू र आठराइ त्रिबेणी गाउँपालिका वडा नं २ बस्ने २५ वर्षीय बालकृष्ण मावो लिम्बू रहेका छन्।

 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आइन्द्रमाथि १४ वर्षीया बालिकालाई मादिबुङस्थित ध्रबेवारीको ठाडोबाटोबाट केहि तल तरुल र मस्यामबारीको एकान्त ठाउँ लगि जबरजस्ती करणी गरेको अभियोग उनलाइ पक्राउ गरिएकाे छ।

 

यस्तै बालकृष्णमाथि १७ वर्षीया बालिकालाई जुकेटार आहाले गैरी भन्ने ठाउँ नजिकको जंगलमा लगि ललाइफकाइ गरि जबरजस्ती करणी गरेको अभियोग लागेकाे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।