नेपालमा थप २५०८ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप १२५७ संक्रमित,कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं,कार्तिक १५ । नेपालमा थप २ हजार ५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २७९ पीसीआर टेष्ट गर्दा २५०८ जनामा संक्रमण पुष्टि भएको हो ।

 

याे सँगै कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । उनीहरुमध्ये १ लाख ३१ हजार २२२ जना संक्रमणमुक्त भएका छन् भने ९३७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

देशभर ३८ हजार ५८४ संक्रिय संक्रमित छन्, जसमध्ये ३१ हजार ००८ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २९६ जनाको आईसीयू र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित 

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १२५७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १११३ जना, ललितपुरका १९५ र भक्तपुरका ४९ जना छन् ।

मोरङका १३८ जना, चितवन र कास्कीका १०९/१०९ जना, झापा र सुनसरीका ७६/७६ जना, रुपन्देहीका ७५, काभेका ७४, दाङका ४६, नुवाकोटका ३९, बाँकेका ३५, रौतहट र तनहुँका २७/२७ जना, दोलखाका २२, बाराका २१, सप्तरीका २०, धनुषाका १८, बर्दियाका १७, बाग्लुङ र नवलपरासीका १६/१६ जना, बझाङका १४, खोटाङका १३ तथा रसुवा र कपिलवस्तुका ११/११ जना,नवलपुरका १० जना, सिराहा, सिन्धुपाल्चोक र दैलेखका ९/९ जना, धादिङका ८, सर्लाही, गोरखा र स्याङ्जाका ७/७ जना, अछामका ६, पर्सा, महोत्तरी, मकवानपुर र दार्चुलाका ५/५ जना, इलामका ४, भोजपुर, रामेछाप, लमजुङ, गुल्मी, प्युठान, सुर्खेत, डडेलधुरा र डोटीका ३/३ जना, उदयपुर, सिन्धुली, पर्वत, कञ्चनपुर र कैलालीका २/२ जना तथा ओखलढुंगा, धनकुटा, पाँचथर, सोलुखुम्बु, पाल्पा, जाजरकोट, डोल्पा र सल्यानका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।