बाजुरा जिल्लाका कम्युनिस्ट पार्टीका संस्थापक सदस्य लोकराज शाहीको निधन

काठमाडौं,कार्तिक १५। बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा वडा नं.०३ जुकोटमा २०१३/१२/१५ गते  जन्मिनु भएका लोकराज शाहीको यही कार्तिक १३ गते उपचारका क्रममा असामुहिक निधन भएको थियो।

 

उहाँ पूर्व खरिदार र बाजुरा जिल्लाको कम्युनिस्ट पार्टीका संस्थापक सदस्य समेत हुनु हुन्थ्यो भने हाल नेपालगञ्ज उपमहानगरपालिकामा बस्दै आइ हाल टोल विकास समितिको अध्यक्ष समेत हुनुहुन्थ्यो शाहीले समाज सेवा गर्दै आनु भएको थियो । 

उहाँको नेपालगञ्ज उपमहानगरपालिका वडा ०४ को वडा कमिटी अध्यक्ष कैलाश धामी, लगायतको टोलिले नेपाल कम्युनिस्ट पार्टीको झन्डा ओढाइ शाही प्रति अन्तिम श्रद्धाञ्जलीका अर्पण गरिएको थियो। 

 

शाहीले देखाएको कम्युनिस्ट आन्दोलन प्रतिको इमानदारीतालाइ सधैं पार्टीले शिरमा राखेर अगाडी बढ्ने अध्यक्ष धामीले बताएका थिए।