रौतहटमा २ सय १४ जनामा एचआइभी एडस संक्रमण, ७ जनाको मृत्यु

रौतहट,कार्तिक १६। रौतहटमा एचआइभी एडस संक्रमणको कारण ७ जनाले ज्यान गुमाएका छन । २६ औ राष्ट्रिय कण्डम दिवशको अबसर पारेर शनिबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो ।

 

सेभ द चिल्डेनको आर्थिक सहयोग र निल हिरा समाज चन्द्रनिगाहपुरको आयोजनामा भएको उक्त पत्रकार सम्मेलनमा रौतहटमा एचआइभी एडसको अबस्थाबारे जानकारी गराइएको थियो ।

 

पत्रकार सम्मेलनमा निल हिरा समाज रौतहटकी कार्यक्रम संयोजक जिना राइले रौतहटमा पुरुष भन्दा बढी महिलामा एचआइभी एडस रहेको जानकारी दिएकी थिइन् ।

 

जस मध्ये १६ जना संक्रमित औषधी खाएर पनि बेपत्ता भएको उनले जानकारी दिइन् । हाल सम्म १ सय ९१ जना संक्रमितले औषधी सेवन गरेको र १२ जनाले सेवन गर्न छाडेको सो पत्रकार सम्मेलनमा जानकारी दिएकी थिइन । बिगतको बर्ष भन्दा यता एचआइभी एडस संक्रमितको संख्या बढेको समेत उनले बताइन ।

 

अहिले बिदेशबाट आउने भन्दा पनि यही काम गर्ने सवारी चालक,प्रहरी तथा मजदुरहरुमा बढी संक्रमण देखिएको कार्यक्रम संयोजक राई जनाइन ।

दोहोरो सुरक्षाको लागि कण्डमको पहुँच भन्ने मुल नाराको साथ रौतहटमा पनि २६ औ राष्ट्रिय कण्डम दिवश मनाइएको हो।

रौहतटमा कण्डम लानेको संख्या बढेको भएतापनि त्यसको प्रयोग कसरी भइरहेको छ भन्ने कुरामा अनबिज्ञ रहेको कार्यक्रम संयोजक राइको भनाइ रहेको थियो ।

 

कार्यक्रममा चन्द्रनिगाहपुरका बिभिन्न संचारमाध्यमका काम गर्ने संचारकर्मीहरुको सहभागिता रहको थियो । यही दिवशको अबसर पारेर साझ दिप प्रज्वलन गरिएको छ ।राजधानी दैनिकमा खबर छ।