पत्रकार दम्पतीले जिते कोरोना

बर्दघाट ,कार्तिक १७। क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष एंव लुम्बिनी प्रदेश संयोजक रवि पाण्डेय र उहाँकी जिवनसाथी लक्ष्मी घिमिरेले कोरोना रिर्पाेट नेगेटिभ आएको छ ।

 

उहाँहरु दुवै जना होम आइसोलेशनमा बस्दै बस्नुभएको थियो । नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका कोषाध्यक्ष समेत रहनुभएका पाण्डेले सामाजिक संजालमा स्टाटस लेख्दै आफूहरुको रिर्पाेट नेगेटिभ आएको जानकारी दिनुभएको हो । १४ दिनको एकान्तवास आजबाट समापन भएको छ ।

 

हामी दुवै जनाको रिर्पाेट नेगेटिभ आएको छ । यद्धपि शरिरका अवयवहरुमा पीडा भने कायमै छ । अब शारिरिक र मानसिक दुवै रुपमा अवश्य जितिन्छ ।

 

साथै छिट्टै कार्यक्षेत्रमा ‘थप सावधानी’ पूर्वक लाग्ने प्रण गर्दछौ । कोभिडका एकान्तवासमा हाम्रो स्वास्थ्य प्रति शुभेच्छा प्रकट गर्नुहुने र नगर्नु हुने दुवै पंक्ति प्रति हामी आभारी एंव कृतज्ञ छौ ।’उहाँले लेख्नुभएको छ ।