भाउजुलाई बलात्कार गर्ने एक देवर पक्राउ, एक फरार

काठमाडौं,कार्तिक १७। धरानमा एक देवर नाता पर्ने युवाले विवाहित एक महिलालाई जर्बजस्ती करणी गरेको आरोपमा   पक्राउ परेका छन्। पीडित महिलाकाे आफ्नै देवर भने फरार रहेकाे प्रहरीले जनाएकाे छ।

 

पीडित महिलाले उजुरी दिएपछि इलाका प्रहरी कार्यालयले धरान १५ का २२ वर्षीय युवालाई पक्राउ गरेको हो। ती युवा पीडित भनिएकी महिलाको काका ससुराको छोरा हुन्।

 

पीडितको आफ्नै देवर भने फरार भएको प्रहरीले जनाएकाे छ। डर, धम्की देखाएर एक, डेढ वर्षदेखि जर्बजस्ती गरेको उजुरी आएपछि एक जनालाई प्रहरीले पक्राउ गरेको छ। अर्को फरार रहेकाे प्रहरीले जनाएकाे छ।

 

धरान १६ निवासी पीडित महिलाका अनुसार शुरुमा उनलाई आफ्नै देवरले जर्बजस्ती करणी गरेका थिए। डर, धम्की दिएको हुनाले आफूले कसैलाई नभनेको पीडितको भनाई छ।

 

घटनाबारे परिवारले पनि थाह पाएर छलफलसमेत भएको थियो। तर, पीडितकी आमाले परिवारबीचमा घटनालाई मिलाउन नदिई प्रहरीमा जाहेरी दिएपछि प्रहरीले कानुनी कारबाही अघि बढाएको हो।

 

उनको एक छोरा र एक छोरी छन्। देवरले काका ससुराको छोरालाई पनि सुनाएपछि उनले पनि आफूलाई जर्बजस्ती गरेको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकाे प्रहरीले जनाएकाे छ।