धरानमा कोरोना संक्रमित थप तिनाको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं,कार्तिक २०। काराेना संक्रमणबाट धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार सप्तरीका दुई जना र मोरङका एकजनाको बिहीबार बिहान मृत्यु भएको जनाएकाे छ।

 

सप्तरीको राजविराज-१ की २३ वर्षीया युवतीको बिहीबार बिहान ३ः१५ बजे र सप्तरीकै राजविराज-८ का ६५ वर्षीय पुरूषको बिहान ८ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएकाे छ।

 

युवतीमा कात्तिक १८ गते कोरोना संक्रमण पुष्टि भएको थियाे, त्यसको भोलिपल्ट उनी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् ।प्रतिष्ठानका अनुसार उनी एनिमिया, पेन्सिटोपेनिया, अडल्ट पोलिसिस्टिक डिजिज र हाइपोथाइराडिज्मका बिरामी पनि थिइन् ।

६५ वर्षीय पुरूषमा भने कात्तिक १५ गते संक्रमण पुष्टि भएको र उनि त्यही दिन उनी अस्पताल भर्ना भएका थिए ।

 

कात्तिक ९ गते अस्पतालमा भर्ना भएका मोरङका ५९ वर्षीय पुरूषमा उसै दिन संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा बिहीबार बिहान उनको मृत्यु भएको थियो । प्रतिष्ठानका अनुसार उनी हाइपरटेन्सन र मुटुका रोगी रहेका थिए।