युगदर्शनको अन्तरवार्ताबारे स्पष्टिकरण सम्बन्धमा थप केही कुरा!

 

कमरेड मोहनविक्रम सिंहले २०७७ साल भाद्र ७ गते ‘‘युगदर्शन साप्ताहिक”मा पार्टी इतिहास सम्बन्धी अन्तरवार्ता दिनुभएको थियो । त्यो अन्तरवार्तामा उल्लेख भएका केही विषयहरूमा मैले टिप्पणी गरेको थिएँ । त्यस पछि उहाँले ‘‘ युगदर्शन साप्ताहिकको अन्तरवार्ताबारे स्पष्टिकरण” भन्ने शिर्षकमा २०७७ साल असोज २१ गते उही ‘युगदर्शन साप्ताहिक’मा मैले उठाएका विषयका बारेमा स्पष्टिकरण दिनुभएको छ।सर्वप्रथम उहाँले स्पष्टिकरण दिनु भएकोमा धन्यवाद दिन्छु । अर्को कुरा मैले गलत भयो भनेर उठाएका केही कुराहरूलाई उहाँले प्रत्यक्ष्य रुपमा नै स्वीकार्नुभएको छ भने केही कुराहरू अप्रत्यक्ष रुपमा स्वीकार्नु भएको छ । त्यसको लागी पनि मैले उहाँलाई धन्यवाद दिनु चहान्छु । अव केहि कुराहरूमा उहाँको अडान कायमै छ । त्यसबारेमा मैले आफ्ना कुराहरू राख्न गइरहेको छु ।

१– मेरो मत निर्णायक भएको भन्ने सन्दर्भमा

स्पष्टिकरणमा उहाँले भन्नु भएको छ, ‘‘ उहाँले महाधिवेशनमा भएको मतको तथ्याङ्क उल्लेख गर्नुभएकोछ तर मैले प्रस्तुत गर्न खोजेको विषय महाधिवेशन सँग सम्बन्धीत नभएर केन्द्रीय समिति सित नै सम्बन्धित छ । केन्द्रीय समितिमा मध्यपंथी कमजोरी छ भन्ने बारे बहुमत थियो ।

 

 क. भक्तबहादुर आएपछि मत बराबर भयो । त्यो बेला सम्म श्रीस मध्यपंथी कमजोरी भएको छ भन्ने पक्षमा नै हुनुहुन्थ्यो । तर पछि उहाँले मत परिवर्तन गरेपछि हामी अल्पमतमा प¥यौं । मूख्य निर्णयात्मक महत्वकको कुरा केन्द्रीय समितिको मतदान नै थियो र श्रीसको मत परिवर्तनले नै हाम्रो पक्ष अल्पमतमा परेको थियो ।

 

उहाँको उपरोक्त भनाइले पहिले ‘मध्यपंथी कमजोरी छ ’ भन्ने वारेमा केन्द्रीय समितिमा बहुमत थियो,क।भक्तबहादुर आएपछि मत बराबर भयो र मैले मत परिवर्तन गरे पछि उहाँहरु अल्पमतमा पर्नु भयो भन्ने देखाउँछ । तर तथ्यहरूले उहाँको भनाईलाई पुष्टि गर्दैन ।

 

उहाँको अन्तरवार्ता बारे मैले टिप्पणी गर्दा त्यति बेलाको ‘‘अन्तरीम मतभेदका दस्तावेज” भन्ने पुस्तिका प्रयाप्त छ , त्यस पुस्तिकामा आफ्नो फरक मत ‘‘मध्यपन्थी कमजोरी बारे” भनेर क। मोहन जी लगायत तीन जना केन्द्रीय सदस्यहरूले प्रस्तुत गर्नु भएको छ भने त्यसको विपक्षमा दशजना केन्द्रीय सदस्यहरू छन् ।

 

एकातिर तीन जना अर्कातिर दश जना हुँदा कसरी मेरो मत निर्णयक भयो रु” भनेर मैले लेखेको थिएँ । तर उहाँले आफ्नो भनाईमा अडिग रहेपछि अव मैले त्यस बारे अलि प्रस्ट पार्न चहान्छु । 

 

त्यसबेला पार्टी भित्रको मतभेदलाई छलछफलको लागि तल सम्म लैजान ‘‘अन्तरीम मतभेदका दस्तावेज” भन्ने एउटा पुस्तिका तयार भएको थियो । त्यो पुस्तिकामा केन्द्रीय कार्यालयको तर्फबाट २०४१ भदौं ४ गर्ते को मितिमा आफ्नो भनाई राखिएको छ । त्यतिबेला महामन्त्री क। चित्रबहादुर के।सी। हुनुहुन्थ्यो ।

 

त्यो पुस्तिकाभित्र ‘‘ मध्पंथी कमजोरी बारे” भन्ने शिर्षकमा एउटा दस्तावेज छ र त्यसको आखिरीमा त्यो दस्तावेजको पक्षका केन्द्रीय सदस्यको नाम उल्लेख छ ।

 

ती नामहरू हुन (१) रणबहादुर (२) श्रीधर (३) अनन्त । त्यही पुस्तिका भित्र ‘‘मध्यपन्थी कमजोरी कि गल्तीको ढाकछोप ? भन्ने अर्को दस्तावेज छ । त्यस दस्तावेजको आखिरिमा त्यो दस्तावेजको पक्षमा रहेका केन्द्रीय सदस्यको नामावली छ । ती नामहरू हुन (१) दुरा, (२)अरुण, (३) मानबहादुर , (४) दमन, (५) दीपक , (६) विश्वास, (७) पूर्ण भद्र, (८)रणधीर । अनुपस्थित (१) रेशम, (२) समर ।

 

यो तथ्यले “मध्यपंथी कमजोरी छ”भन्ने पक्ष्यमा तीन जना र त्यसको बिपक्षमा दश जना केन्द्रीय सदस्यहरु थिए भन्ने देखाउँछ । यो तथ्यबाट के प्रष्ट हुन्छ भने मैले मोहन जीको पक्षमा मतदान गरेको भए पनि उहाँको पक्षमा चार जना र विपक्षमा नौ जना हुने रहेछ ।

 

त्यसकारण, ‘‘श्रीसको मत परिवर्तनले नै हाम्रो पक्ष अल्पमतमा परेको थियो ।” भन्ने उहाँको दावी गलत छ । यसलाई काट्ने अर्को तथ्य प्रस्तुत गर्नु हुन्छ भने त्यतिबेला पुनर्विचार गर्न सकिने छ ।

२० मसाल पक्षलाई क्षती पुगेको सम्बन्धमा

उहाँले आफ्नो स्पष्टिकरणमा भन्नु भएको छ ‘‘केन्द्रीय समितिमा दुवै पक्षका बराबर सदस्यहरू भएको अवस्थामा मसाल पक्षका नै श्रीसको नेतृत्वमा बनेको कथित तेस्रो धारले मसाललाई कति धेरै क्षति पुगेको थियो रु त्यो कुराको कसैले पनि सजिलै सित अनुमान गर्न सक्छ ।” यसरी हामीलाई उहाँले जे आरोप लगाउनु भएको छ , तथ्य र यथार्थमा जाँदा त्यो आरोपको उल्टो स्थिति हुन्छ ।

 

अब हामी यथार्थ र तथ्यमा जाउँ । तत्कालीन नेकपा ९एकताकेन्द्र–मसाल०मा तेस्रो धार किन र कसरी निर्माण भयो रु म त्यसको पृष्ठभूमितिर जान्न किनभने विषय लामो हुन्छ ।

आवश्यक परेपछि जान सकिन्छ । भारतको लखनऊमा बसेको केन्द्रीय समितिको बैठक २०६२÷०१÷१५–१६ मा तीनवटा राजनीतिक प्रस्तावहरू ९एउटा महामन्त्रीको, एउटा सह–महामन्त्रीको र अर्को म लगायत ८ जना केन्द्रीय सदस्यहरूको० औपचारीक रूपमा प्रस्तुत भए ।

 

त्यो वैठकमा ती प्रस्तावहरूको बारेमा कुनै निर्णय भएन । अर्को बैठकमा त्यस बारे निर्णय गर्ने भनी बैठक समापन गरियो । केन्द्रीय समितिको अर्को बैठक हुनुभन्दा पहिलेनै हाम्रो पहलमा हाम्रो राजनीतिक प्रस्ताव र मोहनजीको राजनीतिक प्रस्तावलाई मिलाएर एउटा प्रस्ताव बनाईयो ।

 

अव हामी सँग दुईवटा प्रस्ताव रहे एउटा हामी र मोहनजी मिलेर बनाएको प्रस्ताव अर्को सहमहामन्त्री प्रकासजीको प्रस्ताव । हामी आठ जना केन्द्रीय सदस्यहरु मध्य एकजना पूर्व एकताकेन्द्र पक्षका क। चित्रबहादुर आले हुनुहुन्थ्यो ।

 

त्यसकारण हामी र मोहनजी पक्ष मिलेर बनाएको प्रस्तावको पक्षमा १७ जना थियौ भने प्रकासजीको प्रस्तावको पक्षमा १५ जना थिए । केन्द्रीय समितिको बैठक सुरु भयो तर उहाँले हाम्रो समर्थन सहितको आफ्नो प्रस्तावलाई पारित गराउन मोसनमा लैजान प्रयत्न गर्नु भएन । बैठक फेरी पनि त्यतिकै समापन गरियो ।

 

यो तथ्यले उहाँले केन्द्रीय समितिमा दुवै पक्ष बराबर भएको अवस्थामा मसाल पक्षलाई कमजोर पारियो भन्ने जुन आरोप लगाउनु भएको छ त्यो आरोपको खण्डन गर्दछ ।

 

हामीले त पूर्वएकताकेन्द्र पक्षका साथीलाई पनि ल्याएर उहाँको पक्षमा बहुमत ९३२ जनामा १७ जना० बनाएका थियौं । यसरी हाम्रो कारणले होइन कि उहाँको कारणले मसाल पक्षलाई क्षति पुगेको थियो ।

३० मसालमा फुट परेको सन्दर्भमा

उहाँले आफ्नो स्पष्टिकरणमा भन्नु भएको छ, ‘‘द्धितीय हामीले मसाललाई पुनस्र्थापना गर्ने विचार गरे पछि उहाँले मसाललाई नै फुटाउने नीति अपनाउनु भयो । तृतीय मसाललाई फुटाएपछि उहाँले आफ्नो बेग्लै संगठन निर्माण गर्नु भयो ।

 

त्यस्तै स्पष्टिकरणको अर्को ठाउँमा भन्नु भएको छ, ‘‘ उहाँले आफुलाई पार्टीमा फुटपार्ने प्रयत्नका विरुद्ध भएको कुरा बताउनु भएको छ तर त्यो कुरा स्वयं उहाँको भनाईले बताउँछ, एकताकेन्द्र सित अलग हुने कुरासम्म मात्र सिमित थियो तर मसाललाई फुट पार्ने विषयमा उहाँ पुरै कस्एिर लाग्नु भएको थियो ।

 

जसरी उहाँले हामीलाई पूर्व मसालमा फुट पारेको भनेर जे आरोप लगाउनु भएको छ त्यो झुटो आरोप मात्र हो । प्रकासजीसँग त तत्काल अलग हुनुहुन्न भन्ने हामीले पूर्व मसाललाई फुटाउने कुरा त सोंचन पनि सकिन्नथ्यो । राजनीतिक विषयमा उहाँसँग केही मतभेद भए पनि ती मतभेदहरु फुटहुने स्तरमा विकसित भैसकेका थिएनन् ।

 

त्यसकारण मोहनजीले भने जस्तो पूर्वमसालमा फुटपार्ने पक्षमा हामी थिएनौ । तथ्य र धटनाक्रमहरुले उहाँको आरोपको खण्डन गर्दछ र पूर्व मसालमा उहाँले नै सांगठानीक रुपमा फुट पारेको कुरा प्रष्ट हुन्छ ।

एउटा कम्युनिस्ट पार्टीमा विभिन्न विचारहरू, मतहरू हुन सक्दछन र हुन्छन् । पार्टीमा अलग अलग विचारहरू, मतहरू हुँदैमा पार्टीमा फुट हुँदैन । तर पार्टी भित्रका विचार मिल्ने व्यक्तिहरू मिलेर जब त्यसलाई संगठनात्मक रुप दिएर फरक कार्यक्रम दिन्छन् तब पार्टीमा फुट हुन्छ । जसले यो काम पहिले गर्दछ उसले नै पार्टीमा फुट ल्याएको हुन्छ । त्यसलाई फुट, विद्रोह आदि नामले सम्बोधन गरेको पाईन्छ ।

 

उहाँहरूले २०६२ साल मंसिरमा पूर्व मसाल पक्षमा पनि आफ्नो गुटको मात्र कोअर्डिनेशन कमिटी बनाएर त्यसको संयोजक पनि आफै भएर आफ्नै पार्टीसँग न सम्बन्ध न सम्बन्धविच्छेदको नीति अपनाउँदै अलग कार्यक्रम गर्दे हिडुन भयो । उहाँहरूले जिल्ला जिल्लामा ।पनि कोअर्डिनेशन।

 

कमिटि बनाउँदै हिड्नु भयो । एकताको लागि लामो प्रयास गर्दा पनि उहाँहरू नमाने पछि उहाँहरूले कोअर्डिनेशन कमिटि बनाएको नौ महिना पछि २०६३ साल भदौ महिनामा।हामीले अलग पार्टी गठन गरेका हौं । यी तथ्यहरूबाट हामीले होइन कि उहाँले नै पूर्वमसाल पक्षमा फुट पार्नु भएको थियो भन्ने कुरा प्रष्ट हुन्छ ।

 

निश्चित रुपमा नेकपा(एकताकेन्द्र–मसाल)लाई फुटाएर विधटित मसाललाई पुनर्गठन गरौं भन्ने उहाँको विचारसँग हाम्रो असहमती थियो । अर्थात हाम्रा विचमा फरक मतहरू थिए । तर ती फरक मतलाई सगठित रुप दिएर अलग कार्यक्रम घोषणा गर्ने काम सर्वप्रथम हामीले होइन उहाँले नै गर्नुभयो । तैपनि हामी आतिएनौं । हामीले उहाँलाई कोअर्डिनेशन कमिटि विधटन गर्न अनुरोध गरि नै रह्यौं । बि.स. २०६३ साल जेठ १९ गते बुटवलमा केन्द्रीय समितिको बैठक बस्यो ।

 

त्यो बैठकमा पूर्व एकताकेन्द्र पक्षका क। चित्रबहादुर आले, क. सोनाम साथी र क. धर्मचन्द्र लावति पनि उपस्थित हुनु हुन्थ्यो । तत्कालिन राजनीतिक परिस्थितिमा अन्तरीम सरकारमा सहभागी नहुने कुरामा क। धर्मचन्द्र लावती वाहेक हामी सवै सहमत थियौं । साथै हामीले कोअर्डिनेशन कमिटिको विगठन गर्नुपर्दछ भन्ने माग राखेका थियौं ।

 

हाम्रो माग अनुसार कोअर्डिनेशन कमिटी विधटन गरेर सरकारमा सहभागि नहुने निर्णय गरेको भए पूर्वमसालमा फुट हुने थिएन । तर उहाँले कोअर्डिनेशन कमिटि विगठन गर्न मान्नु भएन ।

 

कुनै निर्णय नगरी केन्द्रीय समितिको बैठक समापन गर्नुभयो । ३२ जनाको केन्द्रीय समितिमा १९ जना उपस्थित हुँदा पनि पार्टीमा कुनै अधिकारीक निर्णय नगराई कोअर्डिनेशन कमिटिको तर्फबाट कार्यक्रम बनाएर हिड्नुले उहाँले नै पूर्व मसालमा फुट पारेको प्रष्ट हुन्छ ।

४– पार्टी पुरै नै माओवादीमा जाने सम्भावना बारे

उहाँले स्पष्टिकरणमा भन्नु भएको छ ‘‘यदि उहाँको नीति अनुसार हामीले नेकपा(मसाल) को पुनस्थौपना गर्ने नीति नअपनाएको भए हाम्रो पार्टी पुरै नै माओवादीमा जाने सम्भावना थियो ।” उहाँले यहाँ सम्भावनाको कुरा गर्नुभएको छ ।

 

सम्भावनाको कुरा त धेरै थिए । पछि प्रकाशजीहरूले माओवादीसँग पार्टी एकता गर्दा साध्यबहादुर भण्डारी र भरत दाहाल त्यो एकता प्रक्रियामा सामेल भएनन् । यस घटनाले के बताउँछ भने९एकताकेन्द्र–मसाल०लाई नफुटाएको भए केन्दी्रय समितिको बहुमत माओवादीमा नजाने सम्भावना पनि त देखियो ।

 

अर्को तिर माओवादीमा नजानकालागि विधटित मसाल पुनर्गठन गर्ने उहाँलाई सहयोग गर्ने पि।वि।एम।, सी।सी।एम।हरू पनि त पार्टी बनाएर माओवादीमा गए । यसकारण एकता र धु्रवीकरणका कुराहरू पूर्व पार्टीको आधारमा होइन नयाँ नीति र राजनीतिक कार्यदिशाको आधारमा हुन्छ ।

५– बाममोर्चामा सामेल नभएको सन्दर्भमा

स्पष्टिकरणमा उहाँले भन्नु भएको छ, ‘‘ त्यो बेला नेका सित पनि सहकार्य गर्ने हाम्रो नीति थियो भने बाममोर्चामा सामेल नहुने नीति अपनाउने भन्ने प्रश्न नै उठ्दैन थियो तर साहना प्रधानको कारणले नै त्यसमा हामी सामेल हुन सकेका थिएनौं ।” यहाँ उहाँले मुख्य रुपमा साहना प्रधानका कारणले नै बाममोर्चामा सामेल हुन नसकेको कुरा गर्नु भयो ।

 

त्यतिबेला उहाँ नै महामन्त्री हुनुहुन्थ्यो । वार्तामा को को थिए रु के कस्ता प्रस्तावहरू आए रु त्यस विषयमा साहना प्रधान अहिले नभए पनि उहाँको पार्टीसँग सम्बन्धित व्यक्तिहरूसँग बुझ्दा सत्य तथ्य वाहिर आउला तर एउटा के कुरा प्रष्ट छ भने त्यतिबेला हाम्रो पार्टी र बाममोर्चाको कार्यनीतिक नारा मिल्दैन थियो ।

 

बाममोर्चाको आन्दोलनको मुख्य नारा पञ्चायती व्यवस्थाको अन्त र बहुदलीय व्यवस्थाको पुनस्थापना थियो र त्यसैको आधारमा नेका सँग मोर्च कायम गरेको थियो । हाम्रो पार्टीको भने पंचायती व्यवस्थाका विकल्पमा बहुदलीय व्यवस्था हुँदैन भन्ने थियो ।

 

जस्तो २०४६ सालको जनआन्दोलन सुरु हुनु भन्दा ठीक अगाडी २०४६ साल पुसमा केन्द्रीय संगठन समितिको विस्तारित बैठकले पारित गरेको राजनीतिक प्रस्तावमा भनिएको छ।

 

हाम्रो पार्टीको यो स्पष्ट दृष्टिकोण छ कि वर्तमान राजतन्त्र र पंचायती तानाशाही व्यवस्थाको सही विकल्प खाली नयाँ जनवादी व्यवस्था हुन्छ र हुन सक्छ र त्यसकारण त्यसका (नयाँ जनवादी व्यवस्थाका) पक्षमा प्रचारात्मक आन्दोलन उठाउन नै मुख्य जोड दिनु पर्दछ र त्यसका ठाउँमा संसदीय प्रणालीलाई विकल्पको रुपमा प्रस्तुत गर्ने सोचाईको विरोध गर्नु पर्दछ । 

रातो तरवार पृ। ३७२ । यस प्रकारको पार्टीको लाईन भएको समयमा। पञ्चायती व्यवस्थाको विकल्पमा संसदीय प्रणालीलाई स्वीकारेर संयुक्त मोर्चा बनाउने प्रयास जो कोहीले गरेको भए पनि त्यो तत्कालिन पार्टी लाइनको विरुद्धमा थियो।

६– क। निर्मल लामा र क। मोहन विक्रम सिंह दुवै केन्द्रीय समितिमा नभएको बारे

वि.सं. २०४० सालको पार्टी फुट हुने बेलामा क। निर्मल लामा र क। मोहन विक्रम सिंह दुवै जना केन्द्रीय समितिमा नभएको कुरामा विवाद होइन। मैले त्यतिबेला उहाँहरू केन्द्रीय समितिमा हुनुहुन्थ्यो भनेर कतै भनेको पनि छैन । जस्तो मोहनजीले आफ्नो स्पष्टिकरणमा भन्नु भएको छ ‘ त्यो बेलाको केन्द्रीय समितिमा क। निर्मल लामा र म दुवै जना नभएको कुरा श्रीसले स्वयं स्वीकार गर्नु भएको छ ।

 

यसरी उहाँहरू दुवै जना केन्द्रीय समितिमा नभएको कुरामा कुनै विवाद हैन । मेरो भनाइ के हो भने क। मोहन जीले विषयलाई जसरी प्रस्तुत गर्नु भएको छ त्यसले उहाँहरू त्यतिबेला केन्द्रीय समितिमा नभएका कारणले त्यो फुटमा उहाँको कुनै भूमिका थिएन भन्ने अर्थ लाग्ने खालको छ।

 

मेरो भनाई यो हो कि उहाँहरू प्राविधिक रुपमा केन्द्रीय समितिमा नभएको भएता पनि बहुमत पक्षको नेता मोहन विक्रम जी र अल्पमत पक्षको नेता निर्मल लामा नै हुनुहुन्थ्यो । बहुमत पक्षको नेता क। मोहन जी हुनुहुन्थ्यो भन्ने कुराको प्रमाण क।

 

मोहन वैद्य अस्थायी केन्द्रीय समितिको सचीव हुँदाहुँदै उहाँ (मोहनजी) केन्द्रीय सदस्य नभए पनि राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक प्रस्ताव उहाँले नै तयार पार्नु भएको थियो र त्यो प्रस्ताव क। चित्रबहादुर के।सी।ले प्रस्तुत गर्नुभएको थियो ।

त्यसकारण त्यो समयमा क। मोहन जी र क। निर्मल लामाको विचमा राम्रो समझदारी भएको भए पार्टी फुट्ने अवस्था थिएन । त्यो फुटमा क। मोहन विक्रम सिंह र क। निर्मल लामाको पनि भूमिका थियो ।