आफ्नै छोरी र श्रीमतिलाइ एसिड आक्रमण गर्ने पक्राउ

काठमाडौं,कार्तिक २९। धनुषामा आफ्नै श्रीमति र छोरीमाथि एसिड प्रहार गर्ने एक व्यक्ति पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका वडा नम्बर २० घर भई वडा नम्बर ७ जानकीनगरमा डेरा गरी बस्ने २१ बर्षीया आरती साह र उनकी छोरी तीन बर्षीया रिया साहमाथि सञ्जिव साहले शनिबार बिहान एसिड प्रहार गरेका थिए ।

 

 शनिबार बिहान पत्नीको कोठामा पुगेका २४ वर्षीय सञ्जिवले आमा छोरीमाथि एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ।साह दम्पति पछिल्लो समय छुट्टाछुट्टै बस्दै आएका थिए ।

 

 एसिडले उनको २० प्रतिशत शरीर जलेको र अवस्था गम्भीर रहेको छ ।आरतीको अनुहारसहित पेट र छाती लगायत शरीरको बिभिन्न ठाउँमा एसिड परेको छ । एसिड प्रहार गरी भागेका सञ्जिबलाई जनकपुर ४ संकटमोचन मावि नजिकबाट पक्राउ गरिएको प्रहरी जनाएकाे छ।