प्रधानमन्त्री ओली ‘असक्षम, अनैतिक र भ्रष्ट’ भन्ने प्रचण्डको आरोप ठिक : गगन थापा

काठमाडौं,मंसिर ३। नेपाली कांग्रेसका युवा नेता गगन थापाले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लगाएको आरोपमा सहि रहेकाे भन्दै समर्थन जनाएका छन्।

 

नेकपाभित्रको विवाद चरमोत्कर्षमा पुगेका बेला सांसदसमेत रहेका थापाले बुधबार सामाजिक सञ्जालमा एक वक्तव्य जारी ‘प्रधानमन्त्री ओली असक्षम, अनैतिक र भ्रष्ट हुनु भएकाले सरकारको नेतृत्व गर्न अयोग्य रहेको भनेर प्रचण्डले लगाएका आरोप अब सार्वजनिक सरोकारको विषय भएको उल्लेख गरेका छन्।

 यहाँ पढ्नुहोस्, गगन थापाको वक्तव्यको पूर्णपाठ :

  

कसले कसलाई फकाउने हो,कसले कसलाई तर्साउने हो,तपाईँहरू नै जान्नुहोस्! तर याद राख्नुहोस,प्रम ओली,असक्षम,अनैतिक र भ्रष्ट हुनुभएकाले सरकारको नेतृत्व गर्न अयोग्य हुनुभएको नेकपा अध्यक्षको ठहर अब सार्वजनिक सरोकारको विषय भइसक्यो।जुन तपाईँहरूको मन पखालिएर पखालिँदैन।