नेपालमा थप २१०३ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप १२२९ जनामा संक्रमण

काठमाडौं,मंसिर ४ ।नेपालमा थप २१०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ९ हजार ८०५ नमुना परीक्षण गर्दा २१०३ जनामा संक्रमण पुष्टि भएको हो ।

 

काठमाडौं उपत्यकामा थप १२२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ५१३ जना महिला र ७१६ जना पुरुष रहेका छन्।

याे सँगै कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।

 

 पछिल्लो २४ घण्टामा देशैभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ भने मन्त्रालयकाअनुसार १२७६ जनाको मृत्यु भएको जनाएकाे छ।

त्यस्तै १ लाख ८५ हजार ६३८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २८५८ जना संक्रमणमुक्त भएका हुन् । देशभर २८ हजार १०६ सक्रिय संक्रमित छन् ।