धारिलो हतियार प्रहार गरि श्रीमतीको हत्या गर्ने पक्राउ

काठमाडौं,मंसिर ७। झापाको दमक–१ का चूडामणि भण्डारीले आफ्नी श्रीमतीको हत्या गरेका छन्। कमल–६ जोगीचौंनस्थित आफ्नो खेतमा गएका समयमा भण्डारीले अन्दाजी ३७ वर्षीया श्रीमती टीकामाया पौडेललाई आज साँझ धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोप लगाइएको छ।

 

भण्डारीले श्रीमतीको किन हत्या गरे भन्ने विषय खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। अभियुक्त भण्डारीलाई नियन्त्रणमा लिइसकिएको बताइएको छ। रासस