आज मिति २०७७ साल मंसिर ११ गते बिहीबार पाथीभरा मातालाई दर्शन गरी आजको राशीफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज पुनर्मिलनको योग रहेको छ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योगछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

 

 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । शुभ समाचार सुन्नमा आउला ।

 

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- आज मनमा दुविधा उत्पन्न हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ प्रति सजकता अपनाउन जरूरी देखिन्छ ।

 

 

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।

 

 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे –आज कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा बढी धन खर्च हुन सक्छ ।

 

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।

 

 

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- स्वादिष्ट भोजन पाईनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेममा मधुरता छाउनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

 

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- आज धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन ।

 

 

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । सोचेका काम पूरा हुनेछन् ।

 

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

 

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि –आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । रोकिएको धन हात पर्ला । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैशा खर्च हुने योग देखिन्छ ।

 

 

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । धर्म,कर्ममा मन लाग्नेछ । शुभ समाचार सुन्न पाइएला । – ज्यो।प। नारायणप्रसाद दुलाल