आज मिति २०७७ मंसिर १३ गते शनिबार साढे सातको शनिदोष हटाउन संकटा देवीलाई भेटी चढाएर राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा राम्रै धनलाभ पनि हुनेछ ।

 

 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा-आज रोकिएका काम पूरा हुन सक्छ । धार्मिक क्षेत्रको भ्रमण हुनसक्छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।

 

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ ।

 

 

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसरपनि जुराउनेछ ।

 

 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । भूमिबाटलाभ रहला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

 

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा –रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला ।

 

 

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो-स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । अभिभावकको सल्लाहअनुरूप चल्न सके समस्याबाट मुक्त हुन सकिनेछ ।

 

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- सामूहिक तथा रमाईलो सफल यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । व्यवसायमा सफलता र आर्थिक सहयोग पनि मिल्नेछ ।

 

 

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योगछ ।

 

 

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि –आज भाग्यले विभिन्न अवसर जुराउनेछ । कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ । मनखुसी र प्रसन्न पनि रहनेछ ।

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- आज स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ । सवारी साधन खरिद गर्ने योग छ । आज पहेंलो रंगको पोहिरनले विभिन्न समस्याबाट जोगाउनेछ । ज्यो.प. नारायणप्रसाद दुलाल